नेपालगञ्ज बसपार्कको उद्घाटन असोज १५ गते


नेपालगञ्ज ५ असोज – नेपालगञ्ज बसपार्क यही असोज १५ गते उद्घाटन गर्ने निर्णय गरिएको छ । मेयर डा. धवल शमसेर राणाको अध्यक्षतमा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित प्रहरी प्रमुख, यातायात व्यवसायी प्रालिका अध्यक्ष सहितको आज आईतवार बसेको बैठकले बसपार्क उद्घाटनको मिति तय गरेको उपमहानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द शर्माले जानकारी दिएका छन् ।

अत्याधुनिक सुविधा सम्पन्न उक्त बसपार्क सन्चालनको काम सकिए पनि सञ्चालन हुन सकेको थिएन । लामो प्रतिक्षा पछि बल्ल बसपार्क सन्चालनको टुङ्गो लागेको हो । आज बसेको बैठकले असोज १२ गतेदेखि सम्पूर्ण बस अनिवार्यरुपमा बसपार्कभित्र लैजानुपर्ने र त्यहीबाट सन्चालन हुनुपर्ने निर्णय गरिएको छ । उक्त निर्णय नगर बसका हकमा भने लागु हुने छैन । बैठकले बसपार्कमा सिसिटिभी, सुरक्षा बन्दोबस्त लगायतका काम सक्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मितिः     ५ आश्विन २०७६, आईतवार १५:२६  |