नेपालगञ्ज : चाडपर्व नजिकिएसंगै नेपालगञ्ज र कोहलपुरका अटोमोवाईल बजारमा चहलपहल शुरु भएको छ । कोहलपुरमा अटोमोबाइल्स कम्पनीहरु बिभिन्न अफरका साथमा बजारमा आएका छन । बिभिन्न चाडपर्बलाई लक्षित गर्दै बिभिन्न कम्पनीहरुले बिभन्न खालका बिशेष उपहारहरुका साथ बजारमा प्रतिस्पर्धामा आएको यामाहा डिलर कोहलपुरकम संचालक प्रशन्न श्रेष्ठले जानकारी दिए । उनले भने आफ्ना कम्पनीका बाइकहरु टेक्नीकल रुपमा अगाडी रहेको र चाड पर्ब लक्षित गरि ७ हजार देखि १ लाखसम्म स्क्रयाच मार्फत पर्नुका साथै दैनिक देश भरिबाट एकलाख लक्की ड्र मार्फत पर्ने कुरा पनि जानकारी दिए ।
यस्तै नेपाली बजार क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको टि.भि.एस कम्पनीको आधिकारीक बिक्रेता कोहलपुरले भने ग्राहकहरुलाई बिजया दशमी र दिपावलीलाई लक्षित गरी लक्की ड्र र स्क्रयाच मार्फत ६ हजार देखि एक लाखसम्म को उपहार राखेको पानस अटो मोटिभस प्रा.लीका अध्यक्ष मन प्रसाद आचार्यले जानकारी दिए । कम्पनीको बिश्वसनियतालाई कायम राख्नका लागि ग्राहकहरुले आफुले खरिद गरेको सावारी साधनको चेसिस नम्बर र इन्जिन नम्बर म्यासेज मार्फत पठाउन सक्ने छन र लक्की ड्र मार्फत एक जनालाई एकलाख रुपैया सम्म जित्ने मौका रहेको आचार्यले बताए ।
यस्तै नेपाली बजारमा एक छत्र राज गर्दै आएको बजाज कम्पनीले पनि अन्य भन्दा बढि नै उपहार प्रदान गर्ने गरेको प्राप्ती इन्टरनेसनलका संचालक पुष्पराज न्यौपानेले जानकारी दिए । उनले बने ग्राहकले बाइक खरिद गरेको खण्डमा ८ हजार देखि २ लाखसम्मको बम्पर उपहार राखेको बताए । न्यौपानेले भने कोहलपुर क्षेत्र सिमा जोडिएको भएको हुदा भारतीय चोरी सवारीहरुको बिकबिकी हुने भएको हुदा पनि यसलाई सरकारले नियन्त्रण गर्न सक्यो भने राज्यको राजस्वमा पनि बृद्धि हुने भएकाले सम्बन्धीत निकायले बेलैमा ध्यान दिन जरुरी रहेको समेत जनाए । अटो मोबाइल्स कम्पनीहरुले आफ्नो ब्यापारकालागि ग्राहाकमाझ ल्याएका बिभिन्न खालका अफरहरुले उनीहरुको ब्याबसाय बढ्ने गरेको छ ।