श्री एयरको घोषणा : ७५ वर्ष पुगेकालाई भाडामा ५० % छुट, ८५ वर्षकालाई रु ५०० मात्र


नेपालगञ्ज ६ असोज – विभिन्न सर्त सहित श्री एयरलाईन्सले ज्येष्ठ नागरिकलाई बिशेष छुटको घोषणा गरेको छ । आगामी दशैंको घटस्थापनाबाट लागु हुने गरी उक्त एयरलाईन्सले नियमित आन्तरिक उडानमा ७५ वर्ष पुगेका नेपाली नागरिकलाई ५० प्रतिशत छुट दिने भएको हो । त्यस्तै ८५ वर्ष उमेर पुगेका लाई मात्र रु ५०० भाडादर कायम गरिएको छ ।

यस्तो छुट पाउनका लागि भने एयरलाइन्सले केही सर्त समेत राखेको छ । यात्रा गर्ने व्यक्तीको पहिचान खुल्ने सक्कल वा आधिकारिक पत्र चाहिन्छ । त्यस्तो टिकट एयरलाइन्सकै काउण्टर वा एप, वेयभसाईडबाट खरिद गर्नुपर्नेछ । बेलाबखत जारी गर्ने बिशेष अफरमा त्यस्तो सहुलित नदिने श्री एयरले जानकारी दिएको छ । यस्तो टिकट रद्ध वा परिवर्तन गर्न पाइने छैन भने एउटा उडानमा मात्र २ जनाले सुविधा पाउँने छन् । पर्यटन मन्त्री योगेश भट्टराईले जहाजमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट गर्ने घोषणा गरेसंगै एयरलाइन्सले त्यसमा साथ दिइरहेका छन् ।

प्रकाशित मितिः     ६ आश्विन २०७६, सोमबार १२:५६  |