नेपालगञ्ज – बैजनाथ गाउँपालिकाको गाभर अहिले देशभर पर्यटकीयस्थलका रुपमा परिचित भएको छ । गाभर भ्यालीका रुपमा होमस्टे मार्फत जिल्लाकै प्रमुख पर्यटकीय गन्त्व्य बन्ने अवसर पाएको उक्त ठाउँमा जग्गा खरिद गर्नेको संख्या बढेको छ । रिर्सोट र एग्रो फार्मलाई लक्षित गरी जग्गा किन्ने चाहानेका कारण मूलय समेत आँकाशिएको छ ।
बैजनाथ गाउँपालिकामा पर्ने गाभर रत्नराजमार्गको छेउमै पर्छ । गाभरचोकदेखि भित्र उपत्यका जस्तो देखि ठाउँमा जग्गा किन्नेको आर्कषण रहेको होमस्टे अभियानता कृष्ण चौधरीले बताए । स्थानीयबासिन्दाका अनुसार, अहिले बाटोसंग जोडिएको जग्गा प्रति कठ्ठा दश लाखसम्म बिक्री हुन्छ । बाटो नछोएको जग्गा ५ लाखमा किनबेच भइरहेको छ । ‘होमस्टे निर्माण भएपछि यहाँ रिर्सोट र एग्रो फार्मका लागि जग्गा किन्नेको संख्या हवात्तै बढेको छ ।’– चौधरीले भने ।
पश्चिममा राजमार्ग र उत्तर÷पुर्वमा बाँके, बर्दिया राष्ट्रिय निकुञ्जसंग जोडिएको गाभर शान्त र रमणीयस्थलका रुपमा परिचित छ । निकुञ्जका कारण भविष्यमा अझ पर्यटन विकासको सम्भवनालाई देखेर पैसा हुनेले एक बिघा÷डेढ बिघासम्मको जग्गा किनेका छन् । अहिले पनि गाभरमा होमस्टे र रिर्सोटमा लगानी थपिदैछ । एग्रो फार्मसमेत सन्चालनमा छन् । कृष्ण चौधरी भन्छन्,–‘पछि मूल्य अझ बढ्छ भनेर अहिले जग्गा किन्नेको संख्या धेरै देखिन्छ ।’