ट्राभल एजेन्सीको दर्ता र नियमनको अधिकार प्रदेश सरकारलाई, उल्लंघन गरे कारवाही


नेपालगञ्ज : प्रदेश नं. ५ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले दर्ता नभएका र म्याद गुजारेका ट्राभल तथा टे«किङ्ग एजेन्सीलाई नियमन गर्ने भएको छ । मन्त्रालयले त्यस्ता फर्म तथा संस्थालाई तत्काल दर्ता र नविकरण गर्न मंगलवार सार्वजनिक सूचना जारी गर्दै अन्यथा कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले त्यस्ता संस्थाको दर्ता र नियमनको अधिकार आफुमा सुरक्षित रहेको स्पष्ट पार्दै दर्ता नगरी ई–टिकटिङ्ग र ई–सेवाको काम गर्ने माथि रु २० हजारसम्म जरिवाना हुने जनाएको छ ।

प्रकाशित मितिः     ७ आश्विन २०७६, मंगलवार १७:१७  |