बाँके ८ असोज – नेपालगञ्ज–१८ मा रहेको स्टार पोलिपाईप इण्डष्ट्रिजले परिक्षण उत्पादन शुरु गरेको छ । रु ५ करोड लगानीमा स्थापना भएको उक्त उद्योगले अत्याधुनिक प्रविधियूक्त मेशिनबाट बिभिन्न पोलिपाईप/एचडिपीईको परिक्षण उत्पादन शुरु गरेको अध्यक्ष कमल कार्कीले जानकारी दिए ।
पश्चिमको प्रदेश ५, कर्णाली र सुदुरपश्चिमको बजारमा खपत गर्ने लक्ष्य सहित उक्त उद्योग स्थापना गरिएको हो । बाँकेमा हाल सन्चालनमा रहेका उद्योग भन्दा अत्याधुनिक प्रविधिको मेशिन भित्रा्एको कम्पनीले जनाएको छ । उद्योगले गुणस्तर चिन्ह प्राप्त नहुँदासम्म परिक्षण उत्पादन गर्ने छ भने त्यसलगत्तै पूर्ण क्षमतामा उद्योग सन्चालन हुने अध्यक्ष कार्कीले जानकारी दिए ।
उद्योग स्थापना पछि २० जनासम्मले रोजगारी पाएका छन् । स्थानीयलाई रोजगारीमा प्राथकितामा दियएको छ । उद्योगले कच्चा पदार्थ ताईवान, चिन लगायतका देशबाट मगाएको छ । त्यहाँबाट मगाएको कच्चापदार्थबाट बिभिन्न नापका पाईप उत्पादन भइरहेका छन् ।