पायनिर सहकारीले उद्यमशिलतामा लगानी बढाउने (हेर्नुहोस् बिस्तृत प्रतिवेदन)


नेपालगञ्ज १० असोज – पायनियर बचत तथा ऋण सहकारी संस्था लि. धम्बोझी —२ बाँकेले आज आठौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शशी श्वाँरको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयर उमा थापामगर रहेकी थिइन । साधारणसभामा कर्मचारी, बचत तथा उत्कृष्ट ऋण लगायतलाई सम्मान गरिएको छ ।
पायनियर बचतले संस्थाको कार्यक्षेत्र बाके जिल्लाका अधिकास नगरपालिका तथा गाउँपालिकाहरु कार्यक्षेत्र भित्र पर्ने भएकोले ती क्षेत्रलाई लक्षित गरि सेवा कार्यालय खोल्न स्वीकृति लिने र संचालन गर्ने र समुह निर्माण तथा कृषि तथा उद्यमशिलता विकासका कार्य गर्ने रणनीति अख्तियारी गरेको छ ।
त्यस्तै नेपालगंज र आसपासका क्षेत्रहरु अशिक्षा, गरीवी, वेरोजगारी जस्ता समस्या ब्याप्त रहेकोले, सो को पहिचान गरि न्यून आय भएका क्षेत्रमा आय आर्जनका कार्य गर्ने ब्यबस्था मिलाउने, सिपमृ्लक , उत्पादन मृ्लक कामको लागि प्राथामिकता दिने ,प्रोत्साहन गर्ने ब्यवस्था मिलाउने र युवा शक्तिको परिचालन गरी देशलाई उत्पादनशील क्षेत्रमा कार्य गर्न नेपाल सरकारका विभिन्न निकाय,संघ संस्था दातृनिकाय संग समन्वय, सहकायर्, सहयोग आदान प्रदान मार्फत कार्य गर्ने वातावरण मिलाउने । सदस्यहरुको कार्य योजना, असृ्लीको हेैेषियत र संस्थाको हितलाई ध्यानमा राखि धितोको अवस्था अनृ्सार लगानि गर्ने वातावरण मिलाउने रणनीति बनाएको छ ।

साधारणसभामा अध्यक्ष श्वाँरले प्रस्तुत गरेको प्रतिवेदन

बाँके जिल्लाको सदरमुकाम नेपालगंजमा रहेको होटल सिटि प्यालेसको हलमा भैेरहेको पायनियर बचत तथा ऋण सहकारी संस्था लि. को आठौं साधारण सभामा हाम्रो अथित्यलाई स्वीकार गरी पाल्नु हुने प्रमुख अतिथि ज्यू, अन्य सम्पूर्ण अतिथि ज्यूहरु, मञ्चमा आसिन विभिन्न सघं संस्थाका प्रतिनिधि ज्यूहरु,संचालक समिति सदस्य ज्यूहरु, लेखा परीक्षक, सल्लाहकार,पत्रकार ज्यूहरु तथा सभामा उपस्थित संस्थापक लगायत सम्पूर्ण शेयर सदस्य ज्यूहरु, कार्यकारी प्रमुख एवं विभिन्न तहका कर्मचारी तथा अन्य सज्जन बृन्दमा संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा सहकारी अभिवादन ।
अतिथि तथा सदस्य महानुभावहरु,
संस्थामा संलग्न सदस्यहरु बीच स्वाबलम्बन ,पारस्परिक सहयोग एंव मितव्ययिताको अभिवृद्धि गरी सदस्यहरुको व्यक्तिगत क्षमता विकास तथा उनीहको उत्पादन तथा पेशागत अभिवृद्धिका लागि बचत परिचालन गर्ने,सदस्यहरुको प्राथमिक आवश्यकता र आय आर्जन क्षमताको पहिचान गरी उत्पादनशील, आयमूलक, सीपमूलक क्षेत्रमा लगानी व्यवस्थापन कार्यको प्रवद्र्धन गर्ने, समुदाय भित्र सामाजिक ,संस्कृतिक, शैक्षिक ,स्वास्थ्य पर्यावरण जस्ता क्रियाकलापहरुको प्रवद्र्धन गर्ने एंव पिछडिएका जाति बर्गहरुको जीवनस्तरमा सुधार हुने कार्य गर्ने यस संस्थाको उद्देश्य अनुरुप कार्य गर्दै आएकोे छ ।
आदरणीय सदस्यज्यूहरु,
दिगो विकास र समृद्ध नेपालको मार्गमा तीन खम्बे अर्थ प्रणालीलाई नेपालको संबिधान २०७२ ले अगिंकार गर्दै समाजवाद उन्मुख अर्थ व्यबस्थाको परिकल्पना गरेको छ ।
नेपालको आर्थिक कार्य प्रणालीले सरकारी, नीजि र सहकारीको साझेदारीमा समुन्नत समाजवाद उन्मुख राज्य व्यवस्था प्रणालीको प्राप्तिको लागि विश्वमन्चले प्रस्तुत गरेको सन् २०१५ देखि २०३० सम्मको लागि १७ वटा लक्ष्य अगाडि सारेका छन् । अन्तराष्द्रिय सहकारी महासंघ, विश्व ऋण परिषद हुदै नेपालको सहकारी अभियानले आफ्ना रणनीतिक दिशानिर्देशमा दिगो विकासको लक्ष्यलाई केन्द्रमा राखि योजना बनाउदैै छन् । आधारभुत समृद्धि प्राप्तिको लागि विश्वका १९३ मुलुकले हस्ताक्षर गरी सन् २०३० सम्मका लागि विकासका साझा लक्ष्य तथा एजेण्डा बनाएका छन् ।
दीगो विकास लक्ष्यले गरिबी, कुपोषण, अशिक्षा, असाक्षरता, आधारभुत शिक्षा, स्वास्थ्य खानेपानी सुविधाबाट बन्चिति, लैङ्गिक असमानता आदिको अन्त गर्ने ध्येय राखेको छ ।
समावेसी आर्थिक बृद्धि, मर्यादित रोजगारी, आधारभुत पूर्वाधारको विकास व्यवस्थित सहरी विकास र अन्वेषणमा आधारित ओद्योगिकीकरण, राष्द्र–राष्द्र विचको परिवार परिवार विचको असमानता घटाउने, धान्न नसकिने उपभोग र उत्पादन प्रणालीलाई संबोधन गर्ने रणनीति बनाएको छ ।
जलवायु परिर्वतन असरहरुलाई न्युनिकरण गर्दै अनुकुलन क्षमता बढाउने समुन्द्रीक जीवन, वन, जमीन, पर्यावरण, जैविक विविधताको संरक्षण र प्रर्बद्धन जस्ता बिषयहरु अगाडि सारिएको छ ।
दीगो विकास लक्ष्य, समृद्ध राष्द्र र समुन्नत नागरिकहरुको लागि वित्तिय अवसर, वित्तिय पहुँच र प्राविधिको सहकार्य अनिवार्य सर्त हो । मुलुकमा रहेको वित्तिय प्रणालीको आधारमा वित्तिय संस्थाहरुको कार्यप्रणालीहरु वित्तिय सेवा,वित्तिय बजारमा अवसर र वित्तिय सेवाको पहुच वित्तिय साधनको उपयोग र वित्तिय संघ संस्थाले दिने समाधानहरु पर्दछन् । हरेक देशको वित्त बजारमा वैदेशिक विनिमय बजार, ऋणपत्र बजार, उपभोग्य बजार, मुद्रा बजार, विमा बजार, धितोपत्र बजार, समेत मुलुकमा क्रियाशील रहन्छन् । पुँजीवादि विकाससंगै कुल राष्द्रिय सम्पतिको ठुलो हिस्सा ऋण बजारले ओगटदै जान्छ । ऋण बजारले जति ठुलो हिस्सा ओगटछ, वित्तिय मध्यस्तकर्ताको भुमिका त्यत्तिकै चुनौतिपुर्ण र यसलाई नियमन गर्ने संयन्त्र त्यतिकै प्रभावकारी हुनु पर्दछ । अनौपचारिक वित्तिय मध्यस्थकर्ताको निर्मलीकरण र औपचारिक वित्तिय संस्थाको संस्थागत सुदृढिकरण मात्रै सुदृढ अर्थव्यवस्थाको विकास, औद्योगीकीकरण र प्राविधिकरणको विस्तार सम्भव हुन्छ । सरकारले सहकारीलाई तेश्रो अंगको रुपमा परिकल्पना गरी आर्थिक, सामाजिक तथा सास्कृतिक रुपान्तरण हुन सक्छ भन्ने अवधारणा अनुरुप हामी सहकारी कर्मीहरु सोहि अनुसार अगाडि बढ्नु आजको आबश्यकता बनेको छ । यस अभियानमा तपाईको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गर्दछु । यसै अनुरुप सम्पूर्ण शेयर सदस्य महानुभावहरुको मार्ग दर्शन र शुभेच्छा हामीलाई निरन्तर प्राप्त हुनेछ भन्ने बारे म विश्वस्त छु ।
आदरणीय सदस्यज्यूहरु,
आ.ब. २०७५/०७६ को कारोबारको संक्षिप्त झलक
यस संस्थाको आ.ब. २०७५।०७६ अषाढ मसान्त सम्मको अवधिमा निक्षप संकलन 18,63,71,043.–।–अक्षेरुपी अठार करोड त्रिसठ्ठी लाख एकहत्तर हजार त्रिचालीस गरिएको छ । त्यस मध्ये गत आ.ब.मा निक्षेप बाँकी रु ३,११,६८,८२२।– अक्षरुपी तीन करोड एघार लाख अठसठ्ठि हजार आठ सय बाईस मात्र गरी जम्मा निक्षेप ? 21,75,39,865 अक्षरुपी एक्काइस करोड पचहत्तर लाख उनान्चालीस हजार आठ सय पैसठ्ठि मात्र देखिन्छ । उल्लेखित निक्षेप मध्ये  17,83,48,546.–।– अक्षरुपी सत्र करोड त्रियासी लाख उठ्तालीस हजार पाँच सय छयालीस मात्र निक्षेप फिर्ता गरी बाँकी रु ३,९१,९१,३२०।– अक्षरुपी तीन करोड एकानब्बे लाख एकानब्बे हजार तीन सय वीस मात्र निक्षेप बाँकी देखिन्छ । त्यसैगरी कर्जा प्रवाह तर्फ यस आ.ब.मा  3,56,34,776।– अक्षेरुपी तीन करोड छपन्न लाख चौतिस हजार सात सय सतसठ्ठि मात्र भएको छ । गत आ.ब.मा लगानीमा रही रहेको रकम रु. ३,२१,६९,३२४।– अक्षेरुपी तीन करोड एक्काइस लाख उनान्सत्तरी हजार तीन सय चौबिस गरी जम्मा  6,78,04,100.– अक्षेरुपी छ करोड अठहत्तर लाख चार हजार एक सय मध्ये कर्जा असुली  2,89,65,878 अक्षेरुपी दुइ करोड उनानब्बे लाख पैसठ्ठि हजार आठ सय अठहत्तर गरी कर्जा बाँकी 3,88,38,222 ./-अक्षेरुपी तीन करोड अठासी लाख अठ्तीस हजार दुई सय बाईस मात्र देखिन्छ ।
आदरणिय सदस्यज्यृ्हरु
संस्थाको उद्देश्य पृ्रा गर्न र संस्थालाई अगाडि बढाई नाफामा लैजानको लागि हामी सबैको सक्रिय रुपमा अगाडि बढ्नै पर्छ । यसर्थ आज सम्म भैआयका कामको मृ्ल्याङ्कन गर्दै सदस्यहरुको गहिरो पहिचानमा ध्यान राख्दै निम्न अनृ्सार गर्ने निति लिएको छृ् ।
रणनीतिक योजना :
– संस्थाको कार्यक्षेत्र बाके जिल्लाका अधिकासं गा.बि.स हरु (३५ गा.बि.स.) वा हालका नगरपालिका तथा गाउँपालिकाहरु हाम्रो कार्यक्षेत्र भित्र पर्ने भएकोले ती क्षेत्रलाई लक्षित गरि सेवा कार्यालय खोल्न स्वीकृति लिने र संचालन गर्ने र समुह निर्माण तथा कृषि तथा उद्यमशिलता विकास का कार्य गर्ने ।
-नेपालगंज र आसपासका क्षेत्रहरु अशिक्षा, गरीवी, वेरोजगारी जस्ता समस्या ब्याप्त रहेकोले, सो को पहिचान गरि न्यून आय भएका क्षेत्रमा आय आर्जनका कार्य गर्ने ब्यबस्था मिलाउने ।
– सिपमृ्लक , उत्पादन मृ्लक कामको लागि प्राथामिकता दिने ,प्रोत्साहन गर्ने ब्यवस्था मिलाउने ।
– युवा शक्तिको परिचालन गरी देशलाई उत्पादनशील क्षेत्रमा कार्य गर्न नेपाल सरकारका विभिन्न निकाय,संघ संस्था दातृनिकाय संग समन्वय, सहकायर्, सहयोग आदान प्रदान मार्फत कार्य गर्ने वातावरण मिलाउने ।
– सदस्यहरुको कार्य योजना, असृ्लीको हेैेषियत र संस्थाको हितलाई ध्यानमा राखि धितोको अवस्था अनृ्सार लगानि गर्ने वातावरण मिलाउने ।
– बैक, संघ, लघु वित्त कम्पनी, सरकारी तथा गैर सरकारी संघ संस्थाको सहभागिता तथा सहयोगमा दिगो कृषिका लागि बचत संकलन तथा परिचालन गर्ने ।
– सदस्यहरुलाई सहकारी शिक्षा तथा तालिमको आयोजना गर्ने ।
संस्थाका उपलब्धिहरु

क) कार्य क्षेत्र
नेपालगंज उपमहानगरपालीका, कोहलपुर नगरपालीका र अन्य ३५ गा.बि.स.वा गाउँपालिका मा कार्यक्षेत्र रहेकोले, ग्रामिण भेगमा सहकारीको सेवा पु¥याउन सहज भएको छ । यस कार्यक्षेत्रमा कार्य बिस्तार गर्न सहयोगको अपेक्षा गर्दछु ।

ख) बचत खाता संचालन एंव भुक्तानी
बचत खाता भनेको सदस्यहरुले आफुलाई कुनै पनि बेला चाहिएको बखत निकाल्न मिल्ने गरी खोलीएको खातो जसबाट कुनै पनि वेला भुक्तान पुर्जा मार्फत बचत निकाल्न सकिने छ । यो सेवा पनि आ.ब. २०७०÷०७१ देखि संचालन गदै आएको छ ।

ग)अन्य उपलब्धिहरु
– संस्था विधि विधान अनुसरण गर्नु ।
– कार्यालय ब्यबस्थापन ।
– सन्तुलित वित्तिय सुचक प्राप्ति ।
– सफ्टवयर केन्द्रित वित्तिय लेखा प्रणालीको अबलम्बन ।
– सक्षम कर्मचारी सिप विकास ।
आदरणिय सदस्य ज्यृ्हरु,
कृ्नै पनि सँस्था संचालन गर्न वा संस्थाको विकास गर्दा संपृ्र्ण सदस्यहरुको भृ्मिका महत्वपृ्र्ण रहेको हृ्न्छ । त्यसमा पनि सँचालक समिति , लेखा समिति ऋण समिति र अन्य समिति र कर्मचारिहरुको झनै महत्वपृ्र्ण भृ्मिका रहन्छ । त्यसैले संस्थालाई अगाडी बढाउनको लागि हामि सबै बिभिन्न तह र तप्कामा रहेका ब्यक्तिहरु सक्रिय हृ्नै पर्दछ । तवमात्र संस्था अगाडि बढ्छ र त्यसको लागि संस्थाको हितको बिपरित जानेलाई दन्डित र संस्थाको हितको पक्षमा रहि सक्रिय भई योगदान दिने ब्यक्तिलाई पृ्रस्कारको ब्यवस्था मिलाईएको छ ।
अन्तमा संस्थाको सम्वृद्धि तथा उन्नतिमा योगदान पु¥याउनु हुने नेपाल सरकारका विभिन्न नियमक निकाय, विभिन्न सहकारीको विकासको साझेदार बिषयगत संघ, संचालक सदस्यहरु, सल्लाहकार,लेखा तथा ऋण समितिका सदस्यहरु, संस्थापक तथा शेयर सदस्य महानुभावहरु, पत्रकार, सम्पूर्ण कर्मचारीहरु, हितैषी शुभ चिन्तक महानुभावहरुमा आभार तथा कृतज्ञता व्यक्त गर्दछु । साथै संस्थाले हाल सम्म आर्जन गरेको जन विश्वास तथा शाख वृद्धि हुदै जानेछ भन्ने शुभेच्छा साथ विदा हुन्छु ।
धन्यवाद ।
जय सहकारी ।

प्रमुख कार्यकारी अधिकृत बिष्णु खनालले प्रस्तुत गर्नुभएको प्रतिवेदन

पायनियर बचत तथा ऋण सहकारी संस्था लि. धम्बोझी —२ बाँके आठौ वार्षिक साधारण सभाको अध्यक्षता गरी रहनु भएका संस्थाका आदरणीय अध्यक्ष ज्यू, प्रमुख अतिथि ज्यू, अतिथि ज्यूहरु, मञ्चमा आसिन सम्पूर्ण पदाधिकारी ज्यूहरु तथा मित्रहरु उपस्थित सम्पूर्ण संस्थापक लगायत शेयर सदस्यहरु, कर्मचारीहरु , पत्रकारज्यूहरु महिला तथा सज्जनवृन्द ।
 विकास साझेदार संगको निर्भरता हुदा, नेपालको विकास सकारात्मक भएन, जहाँ सरकार र जनता कै बुझाई भयो, जसको कारण विकास साझेदारले वित्तिय तथा अन्य विकासमा सहयोग गर्ने, हामी रमीते भएर बस्ने दिन गए, अब आफ्नो विकास आफै गर्न तत्पर हुनु पर्छ यो अभियानमा सहकारी मोडलमा कार्य गर्ने विकास साझेदार संस्था सफल छन्, जसले यो मोडल सहि बिधि हो । यही अबस्था बुझी म सहकारी कर्मी भए,
= त्यसकारण सहकारीबाट परिबर्तन सम्भव छ, हामी नेपालगंज र नेपालगंज आसपासका क्षेत्रमा रहेका साना तथा मझौला उद्योग ब्यवसाय प्रबद्र्धन र विकास, रोजगारी श्रृजना, श्रम गर्न सक्ने जुझारु युवा युवती उत्पादन र परिचालन, वित्तिय शिक्षा प्रदान गरेको छ ।
= नाफामा भन्दा सेवामुखि हुन्छ, त्यसकारण सहकारी हरेक सदस्यको घर घरमा पुग्दछ त्यसकारण सहकारी ।
= सरकारको साझेदारको रुपमा काम गर्दछ, त्यसकारण सहकारी
यति गर्दा पनि सहकारीका गतिविधिमा समस्या आएको छ त ?
= गुणस्तर भन्दा संख्यात्मक विकास भयो, सामुहिक भन्दा ब्यक्तिगत रुपमा अगाडि बढ्यो
= सदस्यहरु अन्यको भर पर्ने भए, सरकार सहकारी भए पछि सबै भई हाल्छ भन्ने ठानेर बस्यो
= सदस्यहरु गुणस्तर भन्दा ब्याजको उच्च दरमा बिश्वास गर्दै हिडने भए, यसले सहकारी पनि विगार्छ र ब्यक्ति पनि
त्यसैले, हामी भनिरहेका छौ, सदस्य बन्दा र बचत खाता खोल्दा कर्जा माग्ने ब्यक्तिलाई खाता नखोल्न भनेका छौ, बचत र कर्जा भनेको त हाम्रो कामै हो ।
= हामी परिश्रममा विश्वास गछौ, परिश्रमको फल मिठो हुन्छ ।
= गाडिमा लेखेको हुन्छ छिटो भए भन्न सकिन्न, ढिलो भए अबश्य पुगिन्छ
=बैमान नबनौं, तपाई हामी समस्यामा पर्दा बैमानको संगत नगर भन्ने छन् ।
= ठुलो लालचमा नफसौं, नफसाउँ
= सरकारले बनाएको नीति नियमको परिधि भित्र रहेर काम गरौ ।
= आड. भन्दा टाड. ठुला नबनाउँ
= सरकारले बनाएको नीति, नियमहरु सहकारी अनुकुल छैन भने, त्यसको छलफलद्धारा समाधान खोजौं, अहिले ३ प्रकारको सरकार छ । त्यसैले नगर उप प्रमुखलाई प्रमुख अतिथि बनाएका छौ ।
यसो गर्यो भने, सहकारीका सबै समस्या समाधान हुने छन् र समग्र सहकारी क्षेत्रको विकास हुने छ ।

२०४६ सालको परिर्बतन पछि, सहकारी भए पछि सबै भै हाल्छ भन्ने अबधारणाको विकास भयो, जहाँ सहकारी भए पछि पैसा पनि हुन्छ, रोजगारी पनि हुन्छ भन्ने मानसिकता विकास भयो र तद अनुसार सहकारी संस्थाको संचालन गरियो । त्यसको परिणाम सहकारीले बचत फिर्ता गर्न सक्दैन भन्ने मानसिकता बनाई दियो । यो सहकारी स्थापना, नियमन, शिक्षा, अबधारणाको परिणति पनि हो ।

संस्थाका सबल पक्षहरु
पायनियर बचत तथा ऋण सहकारी संस्था लि. धम्बोझी —२ बाँके आठौ वार्षिक साधारण सभाको अध्यक्षता गरी रहनु भए का संस्थाका आदरणीय अध्यक्ष ज्यू, प्रमुख अतिथि ज्यू, अतिथि ज्यूहरु, मञ्चमा आसिन सम्पूर्ण पदाधिकारी ज्यूहरु तथा मित्रहरु उपस्थित सम्पूर्ण संस्थापक लगायत शेयर सदस्यहरु, कर्मचारीहरु , पत्रकारज्यूहरु महिला तथा सज्जनवृन्द ।
सर्वप्रथम पायनियर बचत तथा ऋण सहकारी संस्था लि.को निमन्त्रणालाई स्वीकार गरी यो साधारण सभालाई आफ्नो अमूल्य समय दिई उपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरुलाई संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन ।

संस्थाका सबल पक्षहरु
आंशिक जिल्लाभर कार्य क्षेत्र, संस्था निती, विधि र प्रविधिमा चलेको छ ।
नियमनकारी निकाय संगको सम्बन्ध राम्रो रहेको छ ।, बचत तथा ऋण जिल्ला सहकारी संघ लि,
जिल्ला सहकारी संघमा आबद्धता, केन्द्रिय बचत तथा ऋण सहकारी संघ नेप्सकुन
अन्य सरकारी (नेपालगंज उपमानपा ) तथा गैर सरकारी संघ सस्था संग मिलि विभिन्न कार्य गर्दै आएका छौ।
संस्थाले आफ्नै सदस्यहरुका पुजीं र निक्षेपले चलेको, कुनै निकायबाट ऋण नलिएकोे ।
अबको आबश्यकता
= सहकारीलाई सरकारले तीन खम्बे अर्थ नितिको रुपमा परिभाषित गरेको छ,
= नेपालको सहकारी क्षेत्रको विकासको लागि राष्ट्रिय सहकारी नीति, २०६९ ले
 दुरु दृृिष्टि
मुलुकको दीगो र समतामूलक आर्थिक विकास तथा अग्रगामी सामाजिक रुपान्तरणका लागि सवल र सक्षम सहकारी प्रणाली ।

दीर्घर्ककालीन लक्ष्य 
स्थानीय श्रम, सीप र पूँजीलाई अधिकतम रुपमा परिचालन गर्ने गरी सहकारीलाई अर्थतन्त्रको एक सवल स्तम्भको रूपमा विकसित गर्दै आर्थिक तथा सामाजिक विकासको राष्ट्रिय लक्ष्यमा योगदान पु¥याउने ।
= सहकारी संस्था,यसको स्तर उन्नति गरी राष्द्र बैकको स्वीकृतिमा सहकारी बैक हुन सक्छ, सहकारी ऐन
= नेपाल सरकारले पनि सहकारीको कर्जा नतिर्ने लाई सरकारी सुविधाबाट बन्चित गर्ने
= सहकारीको रकम दुरुपयोग गर्नेलाई हदै सम्मको कारवाही भन्छ, अब हामी किन डराउने,
= संजालको गठन भई सकेपछि ……………………म गर्न तयार छु ।
= आधार स्थम्भ तयार छन् अब सक्रिय भई कार्य गर्नु पर्ने छ ।ं
= म अनुरोध गर्न चाहान्छु बिषेशत संस्थापक, सल्लाहकार, कार्य समिति, लेखा समिति, ऋण समिति, कर्मचारी मित्रहरु एंव सम्पुण सदस्यहरुमा यस संस्थालाई थप सबल पार्न आआफ्नो ठाउँबाट सहयोग गर्न,
= लाइन एजेन्सि हरु संग पनि सहयोगको अपेक्षा गर्न चाहान्छु ।
= सहकारी संस्थाहरुलाई पनि स्वस्थ पतिस्पर्धा गर्न अनुरोध गर्न चाहान्छु ।
= संस्थाको आधार स्तम्भ भनेको कर्मचारीहरु हुन ती पनि शसक्न अबस्थामा कार्य गर्न सक्छन् र गरी रहेका छन् अझै.।
= मान्छे ठुलो विचारले भए जस्तै , संस्था सानो वा ठुलो पनि यसको विचार, नीति, सुशासन, प्रणालीले नै संस्थालाई अगाडि बढाउदछ । संस्था घर हो …… बढि खट्ने आमा हून, त्यसको रेख देख गर्ने बुवा हुन
= सके अति राम्रो गरौं न भए नविगारौ ।
= आज यहाँहरुको गरिमामय उपस्थितिमा सातौं साधारण सभा सम्पन्न गर्न गैरहेका छौं । यहाँहरुबाट संस्थाको प्रगति तथा उन्नति र आगामी दिनहरुमा संस्थाले खेल्नु पर्ने भूमिकाका सम्बन्धमा आवश्यक सरसल्लाह सुझाव र मार्ग निर्देशन दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

सहकारीको कर्म भनेको निक्षेप संकलन र कर्जा लगानी हो, यो कर्जा लगानी नियमित नउठे के हुन्छ ? सहकारी समस्यामा पर्ने गर्दछ, त्यसैले गत बर्ष गठन भएको नगर स्तरीय सहकारी संजल र सो संजालको उपाध्यक्षको रुपमा म एक प्रस्ताव राखेको थिए, सहकारीहरुले सामुहिक कर्जा असुली अभियान संचालन गर्ने, कर्जा नर्तिने साझा ऋणीको पहिचान गर्ने र सबै संस्थाको प्रतिनिधिमुलक समितिले त्यसता प्रकारका कर्जाहरु असुलीमा सहयोग गर्ने, जुन संस्थाको कर्जा असुलीको कार्यमा हिडिन्छ, त्यस संस्थाले समितिको संचालन खर्च ब्यहोर्ने प्रकारको निणर्य भएको थियो तर संघ वा संजाल कुनै सहकारी संस्थाको नउठेको रकम उठाउने हाईे न भन्ने प्रकारका धारण आए जसले गर्दा सो अभियानले मुर्त रुप लिन सकेको छैन । आज म भन्न चाहान्छु त्यस अभियानको जिम्मा म लिन्छु , म अगाडि बढन तयार छु ।
नेपाल सरकारले पनि सहकारीको कर्जा नतिर्ने लाई सरकारी सुविधाबाट बन्चित गर्ने खालको निति लिएको छ । अब काहाँ जाने ?
आधार स्थम्भ तयार छन् अब सक्रिय भई कार्य गर्नु पर्ने छ ।ं
म अनुरोध गर्न चाहान्छु बिषेशत संस्थापक, सल्लाहकार, कार्य समिति, लेखा समिति, ऋण समिति, कर्मचारी मित्रहरु एंव सम्पुण सदस्यहरुमा यस संस्थालाई थप सबल पार्न आआफ्नो ठाउँबाट सहयोग गर्न, लाइन एजेन्सि हरु संग पनि सहयोगको अपेक्षा गर्न चाहान्छु ।
सहकारी संस्थाहरुलाई पनि स्वस्थ पतिस्पर्धा गर्न अनुरोध गर्न चाहान्छु । मेरो कर्म भनेकै संस्थालाई सहिरुपमा मार्ग दर्शन गर्ने हो संस्था बचाउनु सबल बनाउनु मेरो धर्म हो , मान्छे ठुलो विचारले भए जस्तै , संस्था सानो वा ठुलो पनि यसको विचार, नीति, सुशासन, प्रणालीले नै संस्थालाई अगाडि बढाउदछ ।

प्रकाशित मितिः     १० आश्विन २०७६, शुक्रबार १८:४३  |