आजदेखि नेपालगञ्ज बसपार्कबाट बस सरर…., प्रहरीद्धारा हेल्प डेक्स स्थापना


 नेपालगञ्ज १२ असोज – सुविधा सम्पन्न नेपालगञ्ज बसपार्क आजबाट सन्चालनमा आएको छ । यद्यपी बसपार्कको उद्घाटन असोज १८ गते औपचारिकरुपमा गर्ने तयारी भइरहेको नेपालगञ्ज उपमहानगरपालिकाले जानकारी दियो । आज आईतवारदेखि सम्पूर्ण बसहरु बसपार्कमा स्ट्याण्डबाई राखिएका छन् । टिकट बसपार्कबाटै काट्न शुरु भएको छ ।

प्रहरीले बसपार्कमा हेल्प डेक्स राखेको छ । नेपालगञ्जका मेयर डा. धवल शमसेर राणाले हेल्प डेक्सको उद्घाटन गरे । मेयर सहित प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, एसपी बीरबहादुर ओली, उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेल, भेरी यातायात व्यवसायी प्रालिका अध्यष डेकनाथ गौतम लगायतको सहभागिता रहेको थियो ।

मेयर राणाले अत्याधुनिक वसपार्क सन्चालन हुन उपलब्धीको बिषय भएको बताए । उनले सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए । जिल्ला प्रहरी प्रमुख ओलीले यात्रुको सहयोगका लागि हेल्प डेक्स सन्चालन गरेको बताए ।

प्रकाशित मितिः     १२ आश्विन २०७६, आईतवार १२:०६  |