नक्कली नोट भेटियो, राष्ट्र बैंकद्धारा जफत


नेपालगञ्ज १३ असोज – नेपालगञ्जको सिद्धार्थ बैंकले सेवाग्राहीलाई प्रदान गरेको पैसाभित्र एउटा नक्कली नोट फेला परेको छ । चेक साटेर लिएको १ हजार दरको ५० वटा नोट मध्येबाट एउटा नोट नक्कली फेला परेको हो ।

आईतबर चेक साटेर ल्याएको पैसा सोमबार नेपाल ईन्भेष्टमेण्ट बैंकमा जम्मा गर्न जाँदा बैंकले नक्कली नोट भनेर फर्काएको थियो । नोट नक्कली भएको आशंका गर्दै नेपाल ईन्भेष्टमेण्ट बैंकले उक्त नोट परिक्षणकालागी राष्ट्र बैंकमा पठाएको थियो । राष्ट्रबैंकले उक्त नोट नक्कली भएको प्रमाणीत गरेको हो । साथै राष्ट्र बैंकले नोट समेत जफत गरेको जनाएको छ ।

प्रकाशित मितिः     १३ आश्विन २०७६, सोमबार १८:१८  |