रानीतलाउ सब्जीमण्डीमा प्याजको मुल्य प्रति किलो रु १००


नेपालगञ्ज १४ असोज – भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको भाउ आकाशिएको छ । अहिले नेपालगञ्जको सब्जीमण्डीमा प्याज प्रति केजि एक सयमा कारोवार भइरहेको छ । यहाँबाट खरिद गरेर अन्यत्र बिक्री गर्दा प्याज अझ महङ्गो हुन्छ । दशैंको मुखमा प्याजको मुल्य बढ्दा सर्वसाधारणलाई समस्या भएको छ ।

 

प्रकाशित मितिः     १४ आश्विन २०७६, मंगलवार ०७:२२  |