‘फेस्टिभमुड’ मा नेपालगञ्ज


बाँके १४ असोज – पुरानो र सद्भावको शहरका रुपमा परिचित छ, नेपालगञ्ज । भिन्न धर्म, सम्प्रदायका मानिसको समान बसाई रहेको यहाँ हरेक महिना जसो चाडपर्व परिरहन्छन्, काठमाण्डौं जस्तै । यतिबेला हिन्दु धर्म समुदायका मानिसहरु दशै पर्वको तयारीमा जुटेका छन् । चोक–चोकमा दुर्गा भवानीको मुर्ती राखिएको छ । बिहानदेखि साँझसम्म पुजाआजा गरिन्छ । हरेक चोकमा भजनकृतनले गुन्जिनएका छन् ।

इतिहास बोकेको रामलीला महोत्सव

मौलिक इतिहास बोकेको नेपालगन्जको रामलीला महोत्सव आइतबारदेखि शुरु भएको छ । रामलिला १ सय ५२ औ श्रृखंला हो । जीवन्तकला अर्थात भगवान श्रीरामको जीवन लीलालाई वृन्दावनबाट आएका भारतीय कलाकारहरुले हरेक दिन  रामलीला मञ्चन गर्छन । यो क्रम नियमित रुपमा १५१ वर्षदेखि चलि आएको छ । रामलीलाका लागि भारत बृन्दावनबाट आएका दुई दर्जन कलाकारको टोलीले रामायणको दैनिक कला प्रस्तुत गरिरहेको रामलीला सञ्चालक समितिले जनाएको छ ।

प्रकाशित मितिः     १४ आश्विन २०७६, मंगलवार ११:०४  |