नरैनापुर ( बाँके) १४ असोज – सनराइज बैंक लिमिटेडको १२ औं स्थापना दिवशको अवसरमा बाँकेको नरैनापुर शाखाले डेङ्गु सचेतनासंगै ५० परिवारलाई सुपानेट झुल वितरण गरेको छ । आज वडा नं. २ का स्थानीयलाई बैंकको तर्फबाट गाउँपालिकाका अध्यक्ष मोहमद ईस्तियाक अहमद शाह, वडा अध्यक्ष मसुद अहमद शाह, बैंकका शाखा प्रबन्धक खडग प्रसाद देवकोटाले झुल वितरण गरे ।
सामाजिक उत्तरदायित्व बहन गर्दै बैंकले झुल वितरण गरेको शाखा प्रबन्धक देवकोटाले बताए । डेंगुको जोखिमका बेला वितरण गरिएको झुलले सर्वसाधारणलाई राहात दिएको छ । सनराइज बैंक जिल्लाकै विकट मानिने नरैनापुरमा पुग्ने एकमात्र बैंक हो ।