संघ तथा प्रदेश सांसदले भने –‘बाँकेको पर्यटन पूर्वाधारका लागि पहल भइरहेको छ’


नेपालगञ्ज १५ असोज – बाँकेबाट प्रतिनिधित्व गर्ने संघ तथा प्रदेश सांसदले पर्यटन पूर्वाधार निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । होटल व्यवसायी संघ बाँकेले मंगलवार नेपालगञ्जमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै संघीय सभाका सांसद महेश्वर गहतराज अथक, प्रदेश सांसद आईपी खरेल, बाबुराम गौतम, कृष्णा केसी नमुनाले बाँकेमा आर्थिक विकास हुँदैन की भनेर चिन्ता नगर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, होटल व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्ले होटल व्यवसायी संघका अध्यक्ष भिम कँडेल, यातायात व्यवसायी लगायतले प्रशासनिक र राजनीतिक शक्ति कमजोर बनेका कारण बाँकेका विकास नहुने चिन्ता बढेको बताएका थिए । उनीहरुले पर्यटन क्षेत्रमा उल्लेखियरुपमा लगानी भए पनि पर्यटन पूर्वाधार तयार नहुँदा लगानी डुब्ने चिन्ताले सताउने गरेको बताए ।

जबाफमा सांसदहरुले बाँकेको विकासका लागि पहल गरिरहेको र आगामी दिनमा पनि त्यसलाई तिव्रता दिने प्रतिबद्धता जनाए । कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद महेश्वर गहतराज अथकले प्रशासनिक र राजनीतिकरुपमा बाँके कमजोर भएको स्वीकार गर्दै भने,–‘कुनै बेला प्रधानमन्त्री पाएको जिल्ला पनि हो बाँके । त्यसबेला सिंहदरवारमा हाम्रो सिधा पहुँच थियो । त्यो अवसरलाई हामीले कति उपयोग गर्न सक्यौ अब त्यता तर्फ नजाऔं तर अहिले हामी साच्चिकै राजनीतिक र प्रशासनिक रुपमा कमजोर परेका छौं ।’

बाँकेको विकास निर्माणका मुद्दा लिएर सिंहदरवार जाँदा कहिलेकाँही कमजोर भएको महसुस हुने गरेको बताउँदै अथकले भने,–‘फेरी त्यसो भन्दैमा हामी निरास भइहाल्ने अवस्था पनि छैन । हामी यहाँका मुद्दा उठाउन लागिपरेका छौं ।’ अथकले नेपालगञ्ज बिमानस्थललाई सकभर अन्र्तराष्ट्रियस्तरको नत्र क्षेत्रीय बिमानस्थलका रुपमा स्तोरन्नती गर्न सरकारलाई गम्भीररुपमा ध्यानार्कषण गराएको जानकारी गराए ।

सांसद अथकले बाँकेलाई पर्यापर्यटन, धार्मिक पर्यटका रुपमा विकास गर्ने प्रशस्त आधार रहेको बताउँदै त्यसरी विकास हुने पर्यटन क्षेत्रमा सीमावर्ती उत्तरप्रदेशका नागरिकलाई ल्याउन सकिने बताए । उनले भने,–‘यि सबै काम बाँकेबासी एक भए मात्र सम्भव छ । हामी निरास नभईकन अगाडी बढांैं ।’ कार्यक्रममा बोल्दै प्रदेश सांसद आईपी खरेल, बाबुराम गौतम, कृष्णा केसी नमुनाले बाँकेका विकासका मुद्दा प्रदेश ससद र सरकार समक्ष ससक्तरुपमा उठाएको स्मरण गरे ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, जिल्ला प्रहरी प्रमुख बिरबहादुर ओलीले चाडपर्वमा जिल्लाको शान्ती सुरक्षाका लागि बिशेष योजना बनाएको र त्यसमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मितिः     १५ आश्विन २०७६, बुधबार १७:१३  |