नेपालगञ्ज – प्रदेश नं. ५ सरकारले विभिन्न मनोरन्जन कर उठाउन बिभिन्न जिल्लालाई क, ख र ग मा बर्गिकरण गरेको छ । बर्गिकरण अनुसार, करको दर कायम गरिएको छ । प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनको बिधेयकमा मनोरन्जन कर सम्बन्धी विवरण उल्लेख गरिएको छ ।
उक्त विधेयक अनुसार, क बर्गमा बाँके, बर्दिया, नवलपरासी, दागं, रुपन्देही र कपिलबस्तु रहेका छन् । ख बर्गमा पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान रहेका छन् । त्यस्तै ग बर्गमा रोल्पा र रुकुम रहेका छन् ।