नेपालगञ्ज १८ असोज – प्रदेशको विभाजनदेखि असन्तुष्ट र आफ्नो भविष्यप्रति निरास नेपालगञ्जलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले ढाडस दिएका छन् । नेपालगञ्जको भविष्य चिन्ता गर्न लायक नभएको बताउँदै मुख्यमन्त्री पोखरेलले शुन्दर भविष्यको लागि प्रदेश सरकारका तर्फबाट सहयोग गर्ने बताए ।
नेपालगञ्जलाई नजिकबाट चिनेका मुख्यमन्त्री पोख्रेल आज यहाँका बिभिन्न कार्यक्रममा सहभागि भए । बिहान बसपार्क उद्घाटन गरेका थिए भने दिउँसो नेपालगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि भए । यि सबै कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले भने,–‘तपाईहरु नेपालगञ्जको शुन्दर भविष्यलाई नियाल्नुहोस्, निरासाका पछि नलाग्नुहोस् ।’
संघीयता कार्यान्वयन पछि प्रशासनिक र राजनीतिक शक्ति गुमाएको नेपालगञ्जको दुःखेसो छ । कतिसम्म भने भविष्यमा कोइलाबास वा राजापुर पो हुने होकी भन्ने चिन्ता प्रकट गर्नेहरुको पनि कमी छैन यहाँ । त्यस्ता निरासा भन्दा शुन्दर भविष्यका पछाडी लाग्न मुख्यमन्त्रीको सुझाव छ । ‘तपाईहरु ढुक्क हुनुहोस् यहाँको प्रगतिलाई कसैले रोक्न सक्दैन ।’– उनले भने । औद्योगिक र पर्यटन क्षेत्रको हबका रुपमा बाँकेलाई विकास गर्न प्रदेश सरकारले प्राथमिकता दिएको मुख्यमन्त्रीको भनाई छ । नौवस्ता औद्योगिक क्षेत्र, मानसरोवार पार्क जस्ता प्रोजेक्ट सन्चालन गर्ने तयारीमा रहेको प्रदेश सरकारका मुख्यमन्त्रीको ढाडस पाएपछि यहाँका उद्योगी, व्यवसायीलाई राहात महसुस भएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले आजको शुभकामना आदानप्रदान कार्यक्रममा यहाँका चिन्ता र चासोका बारेमा मुख्यमनत्रीलाई जानकारी दिएका थिए । मुख्यमन्त्रीको जबाफ पछि बैश्यले आफुहरु सकारात्मक भएको र कार्यान्वयनको पर्खाइमा रहेको बताए ।