नेपालगञ्ज २३ असोज – प्रदेश नं. ५ सरकारले आफ्नो पर्यटन ब्राण्ड (लोगो) बनाउने भएको छ । त्यसका लागि प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन ब्राण्ड निर्माणका लागि आफुले बनाएका डिजाईन पेश गर्न सार्वजनिक अपील गरेको छ । सार्वजनिकरुपमा प्राप्त हुन ब्राण्ड मध्ये उत्कृष्ट ब्राण्ड बिजेतालाई रु १ लाख राशीको पुरस्कार दिइने छ ।