चिनियाँ राष्ट्रपति सी नेपाल आइपुगे, राष्ट्रपतिले गरिन् स्वागत


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी शनिबार अपरान्ह नेपाल आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुगेका थिए ।

प्रकाशित मितिः     २५ आश्विन २०७६, शनिबार १७:४७  |