नेपालगञ्ज २७ असोज – शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको एकीकृत कारोवार आज सोमबारदेखि शुरु हुँदै छ । रुपन्देहीमा प्रधान कार्यालय रहेको साईन रेसुङ्गा डेभलपमेन्ट बैंकले नेपालगञ्जमा प्रधान कार्यालय रहेको भार्गव विकास बैंक र बुटवलमै प्रधान कार्यालय रहेको पुर्णिमा विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरेपछि बनेको उक्त बैंकले आजबाट एकीकृत कारोवार शुरु हुन लागेको हो ।
एकिकृत कारोवार शुरु हुनु अघि भार्गव र पुर्णिमा विकाास बैंकको साईनबोर्ड परिवर्तन गरिएको छ । उक्त बैंकको चुक्ता पुँजी रु २ अर्ब ६२ करोड पुगेको छ । निक्षेप रु २६ अर्ब ८७ करोड र कर्जा लगानी रु २३ अर्व ८१ करोड रहेको बैंकले जनाएको छ । उक्त बैंकसंग अब एक वटा एक्सटेन्सन काउन्टर सहित ७० शाखा रहेका छन् । ग्राहक संख्या ३ लाख ७७ हजार पुगेको छ ।
बैंकले थप उत्कृष्ट, विश्वसनीय र सहज बैंकिगं सेवा दिने प्रतिवद्धता जनाएको छ । तीनवटै विकास बैंकको प्राप्तिका बिषयमा गत असारमा भएको साधारणसभा सभाले गरेको निर्णयलाई नेपाल राष्ट्र बैंकले असोज ९ गते स्वीकृत दिएको थियो ।