मंसिरमा सुर्खेतमा प्रथम राष्ट्रिय औद्योगिक ब्यापार प्रदर्शनी हुने


सुर्खेत २७ असोज – नेपाली बस्तु प्रयोग गरौ । नेपाली भएकोमा गर्व गरौ । भन्ने मुल नारासहित मंसिर महिनामा सुर्खेतमा औद्योगिक मेला आयोजना हुने भएको छ । सरोकारवाला निकायका स्वीकृती पाएसंगै महोत्सव गर्ने निश्चित भएको घरेलु तथा साना उद्योग महासंघ सुर्खेत अध्यक्ष सुमन योगीले जानकारी दिए ।

प्रथम राष्ट्रिय औद्योगिक ब्यापार , कृषि नबिनतम प्रबिधी प्रदशनी मंसिर १८ देखि २४ गतेसम्म बिरेन्द्रनगरको खुल्ला मन्चमा आयोजना हुने छ । कर्णाली प्रदेशको उद्योग , पर्यटन , बन तथा बाताबरण मन्त्रालय कर्णाली प्रदेश र नेपाल घरेलु तथा साना उधोग माहासङ्ग कर्णाली प्रदेशको सयुक्त आयोजनामा औद्योगिक मेला सन्चालन हुने छ ।

प्रकाशित मितिः     २७ आश्विन २०७६, सोमबार १८:४४  |