नेपालगञ्जमा भाटभटेनी सुपरमार्केट फाल्गुणदेखि सन्चालन हुने,माग्यो ५० जना कर्मचारी


नेपालगञ्ज २९ असोज – स्वदेशी बजारमा दैनिक किनमेलको वस्तु एउटै छानामूनि उपलब्ध गराउने व्यवसायको शुरुवात गरेको श्रेय पाएको सुपर स्टोर भाटभटेनी नेपालगञ्जमा फागुण महिनादेखि सन्चालनमा आउने भएको छ । अहिले भाटभटेनीले पूर्वाधार निर्माणको काम धमाधम गरिरहेको छ ।
नयाँ सन्चालनमा आउने भाटभटेनीका लागि अहिल्यै ४० देखि ५० जना कर्मचारी माग गरिएको छ । यो वर्ष चारवटा नयाँ सुपर स्टोर संचालनमा ल्याउने भएको छ ।  गत महिनादेखि भाटभटेनीको इटहरी र नेपालगन्जमा सुपर स्टोर निर्माण कार्य शुरु भएको हो । राजधानी बाहिरका शहरमा एउटा भाटभटेनी सुपर स्टोरको निर्माणमा जग्गा सहित करिब एक अर्ब रुपैयाँ लगानी हुने गरेको छ । ठूला शहर र उदाउँदो बजार केन्द्रको ग्राहकलाई लक्षित गर्दै प्रत्येक वर्ष ३ देखि ४ वटा सुपर स्टोर संचालनमा ल्याउने रणनीति बनाएर सुपर स्टोर निर्माण कार्य भइरहेको छ ।

प्रकाशित मितिः     २८ आश्विन २०७६, मंगलवार १९:३६  |