होटल स्नेहा -क्यासिनो बिवाद : अल्टिमेटम सकियो, अब के होला ?


नेपालगञ्ज २९ असोज – होटल स्नेहा र ह्याप्पी आवर प्रालि विवाद अन्त्य भएको छैन । क्यासिनोमा ताला लगाउने होटल स्नेहाले दिएको अल्टिमेटम आज सकिएको छ । ह्याप्पी आवर प्रालि ( मिनी क्यासिनो)ले सरकारलाई लिज बक्यौता नतिरेपछि होटल स्नेह प्रालिको स्तरोन्न्ती रोकिएको छ । जसका कारण होटल र क्यासिनोबीच बिवाद चुलिएको छ ।

ह्याप्पी आवर प्रालिले होटल स्नेहलाई सम्झौता अनुसारको सर्त पालना नगरेको भन्दै होटल स्नेहकोतर्फबाट अध्यक्ष असित शम्शेर जबराले बिहीबार एक विज्ञप्ती जारी गरी सम्झौता अनुसार बाँकी बक्यौता तिरी हल घर खाली गर्न आग्रह गरेका छन् । अन्यथा ताला लगाएर बन्द गर्ने चेतावनी दिएका दिएका थिए ।cतर यता क्यासिनो व्यवस्थापन पक्षले समय सिमा हुँदा हुँदै होटल सन्चालकले छाड्न धम्की दिएको आरोप लगाएको छ । उसले जर्बजस्ती गरे कानुनी प्रक्रियाका लागि अदालत जाने बताइसकेको छ ।

दुवै पक्षबीच आरोप प्रत्यारोपमा लागे पनि यो बिचमा खासै छलफल हुन पाएन । स्रोतका अनुसार यो बिषयमा होटल पक्ष क्यासिनो हटाएरै छाड्ने पक्ष छ । तर क्यासिनोले बलजफ्ती गरे कानुनी प्रक्रिया थाल्ने बताएको छ । सम्भवत आज यो बिषयमा दुबै पक्षबीच छलफल हुने सम्भावना रहेको छ ।

https://nepalgunjbusiness.com/2019/10/12199/

प्रकाशित मितिः     २९ आश्विन २०७६, बुधबार १२:३९  |