सुर्खेत १ कात्र्तिक – आगामी मंसिर १८ देखि २४ गतेसम्म सुर्खेतको बिरेन्द्रमा आयोजना हुने प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव–२०७६ को औपचारिक घोषणा गरिएको छ । शुक्रवार बिरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मिति घोषणा गरिएको हो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कर्णाली प्रदेश अध्यक्ष चन्द्र बिसी, सुर्खेत जिल्ला अधिकारी सुमननाथ योगी, प्रदेश उद्योग मन्त्रालय र उद्योग मन्त्रालयका शाखा अधिकारीहरुको सहभागिता थियो । कर्णाली प्रदेशमा हुने उत्पादनको ब्राण्डिङ्ग हुने गरी आयोजना गनृ लागेको महोत्सवमा रु ५ करोड बढिको कारोवार हुने अपेक्षा गरिएको छ । हेर्नुहोस प्रेस बिज्ञप्ती —
प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव–२०७६
(१८–२४ मंसिर २०७६)
प्रेस वक्तव्य
आदरणीय पत्रकार मित्रहरु
आगामी २०७६ मंसिर १८ देखि २४ गतेसम्म आयोजना हुने प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव–२०७६ सम्बन्धी जानकारी गराउने उद्देश्यले आयोजित यस पत्रकार सम्मेलनमा हाम्रो निम्तोलाई सहर्ष स्वीकार गरी उपस्थिति भइदिनु भएकोमा सम्पूर्ण पत्रकार मित्रहरुलाई हार्दिक स्वागत गर्दै धन्यवाद दिन चाहन्छौं ।
पत्रकार मित्रहरु
१. यस महोत्सवले कर्णाली प्रदेश लगायत मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा मूलप्रवाहिकरण गर्ने र उनीहरुका उत्पादनको बजार प्रबद्र्धन तथा बजारिकरणका साथै नविनतम् प्रविधिको विकास गर्नमा सघाउ पुर्याउनेछ । कार्यक्रममा उत्कृष्ट उद्यमी पुरस्कार समेत समावेश गरि लघु, घरेलु तथा साना उद्यमीलाई पुरस्कृत समेत गरिनेछ ।
यो कार्यक्रमको प्रथम संस्करणको रुपमा यस पटक नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजना तथा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको प्रबद्र्धनमा वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव–२०७६ का नाममा आगामी २०७६ मंसिर १८ देखि २४ गतेसम्म आयोजना गरिदै छ ।
पत्रकार मित्रहरु,
२. हालसम्म ४ लाख १८ हजार ५२ घरेलु र साना उद्योगहरु दर्ता भएको भए तापनि आर्थिक वर्ष २०७४÷७५ सम्मको तथ्यांक हेर्दा मुलुकभर दर्ता कायम रहेका घरेलु तथा साना उद्योगहरुको संख्या ३ लाख २१ हजार १३ देखिन्छ जसमध्ये घरेलु उद्योगको संख्या १७ हजार २८९ रहेको छ । हाल प्रचलित औद्योगिक व्यवसाय ऐन २०७३ को व्यवस्था भन्दा अघि लघु उद्यम सम्बन्धी व्यवस्था नभएको हुँदा बाँकी सबै उद्योग साना मानिए पनि औद्योगिक व्यवसाय ऐन २०७३ को परिभाषा अनुसार झण्डै १ लाख ५० हजार लघु उद्यम आधिकारिक रुपमा दर्ता भई सञ्चालनमा रहेका छन् भने करिव ९० हजार जति साना उद्योग मुलुकभर सञ्चालित छन् । यो आधिकारिक तथ्यांक बाहेक विभिन्न समयमा गरिएका अध्ययनहरुले विना दर्ता झण्डै ५ लाख लघु उद्यम व्यवसायहरु मुलुकका विभिन्न भागमा छरिएर संचालनमा रहेका छन् । यस अर्थमा मुलुकभर झण्डै ७ लाख भन्दा बढी परिवार लघु उद्यम, घरेलु तथा साना उद्योगमा संलग्न छन् । औद्योगिक प्रवद्र्धन तथ्यांक २०७४÷७५ का अनुसार लघु, घरेलु तथा साना उद्योग व्यवसायमा कूल ४११९५ करोड लगानी भएको देखिन्छ भने २६ लाख ६ हजार ८६ जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेको देखिन्छ । कूल गार्हस्थ उत्पादनमा समग्र औद्योगिक क्षेत्रको योगदान अहिले ६ प्रतिशतको हाराहारीमा रहेकोमा त्यसको ९० प्रतिशत र कुल निर्यातको ७० प्रतिशत भन्दा बढी स्थान लघु, घरेलु तथा साना उद्योगबाट प्राप्त हुन्छ । यो औपचारिक तथ्याङ्क मात्र हो तर अनौपचारिक तथ्याङ्कको कुरो गर्नु पर्दा लघु उद्यममा संलग्न थप ५ लाख परिवारको संलग्नता गणना गर्दा यस क्षेत्रले मुलुकको कूल गार्हस्थ उत्पादनमा १५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको अनुमान रहेको छ ।
३. माथिका यी तथ्यका बाबजुद व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७५÷७६ को पहिलो ७ महिनामा नेपालको कूल वैदेशिक व्यापार रु. ८९६.३५ अर्व पुगेको छ ।जसमध्ये आयात ब्यापार अधिक बृद्धि भई ८३३.२७ अर्व पुगेको छ भने निर्यात व्यापार तर्फ मन्द बृद्धिका साथ रु. ५३.०८ अर्व पुगेको छ । यस आधारमा २०७५÷७६ को ७ महिनाको अवधिमा व्यापार घाटा ७८०.१९ अर्व पुगेको छ ।
४. माथिको तथ्यबाट लघु घरेलु तथा साना उद्योगको उत्पादनको विविधिकरण र प्रवर्धन विना स्वतन्त्र र आत्म निर्भर अर्थतन्त्र निर्माण गर्न सम्भव देखिदैन । त्यसैले स्वदेशी वस्तुको उत्पादन बढाई रोजगारका अवसर समेत श्रृजनागरी आर्थिक समृद्धि हासिल गर्न टेवा पु¥याउने, लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रदर्शनीको माध्यमबाट क्रेता विक्रेता बीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्ने, राष्ट्रियस्तरमा माग अनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीहरुको सीप, प्रविधि र उद्यमशीलताको कदर गरि प्रदेश स्तरमा सम्मान र पुरस्कृत गर्ने उद्देश्यका साथ यो प्रदर्शनीको आयोजना गरिदैछ ।
पत्रकार मित्रहरु,
५. “आर्थिक समृद्धिका लागि कर्णालीमा उद्योग खोलौं, औद्योगीकरणमा सबैं जुटौं” भन्ने मूल नाराका साथ मंसिर १८ देखि २४ गतेसम्म संचालन हुने यस प्रदर्शनीमा जम्मा ३०० लघु घरेलु तथा साना उद्योगका साथै अन्य व्यावसायीहरुका उत्पादनहरुको स्टल रहने छन् जसमध्ये कर्णाली प्रदेशका १० जिल्लाबाट प्रति जिल्ला कम्तीमा ५ उद्यमीको सहभागिता सुनिश्चिता गरिएको छ । प्रदर्शनी अवधीमा २ लाखले अवलोकन गर्ने र ५ करोड भन्दा बढिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाका साथै नेपालभरका लघु घरेलु तथा साना उद्यमीहरुको सहभागिता रहने यस प्रदर्शनीमा स्वदेश तथा विदेशी मुलुकहरुका समेत उत्पादन तथा सेवाको प्रकृति अनुसार छुट्टै प्याभिलियन रहने, महिला उद्यमशीलता प्रदर्शनी तथा उत्कृष्ट उद्यमीहरुलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । यस प्रदर्शनी आयोजना गर्नमा नेपाल घरेलु तथा साना उद्योग महासंघ, केन्दी्रय कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स, राष्ट्रिय लघु उद्यमी महासंघसँग र अन्य उत्पादनमा लागेका सहकारी संस्थाहरुसंग सहकार्य गरिएको व्यहोरा समेत जानकारी गराउन चाहन्छौं ।
६. कर्णाली प्रदेश उद्योग, पर्यटन, जडिबुटी लगायत अन्य श्रोत तथा साधनहरुले भरिपूर्ण रहेको सबैलाई जानकारी भएकै कुरा हो । कर्णाली प्रदेशमा २०७६ आषाढ मसान्त सम्ममा करिव १७,००० घरेलु तथा साना उद्योगहरु दर्ता भएको पाइन्छ । दर्ता भएका उद्योगहरुले आफ्ना उत्पादनहरुको व्यवस्थित बजार र नविनतम् प्रविधिको उपयोग गर्न पाएका छैनन् । कर्णालीका मुख्य सम्भावित क्षेत्रहरुमध्ये रैथाने बालीहरुको व्यवसायिक खेती तथा प्रचार प्रसार, औषधिजन्य जडिबुटीहरुको पहिचान, खेती र बजारीकरण, खनिजहरुको खोजतलास, उत्खनन् तथा बजारीकरण, कर्णालीका स्याउ, सुन्तला लगायत बिभिन्न फलफूलहरुको खेती तथा बजार, महिला उद्यमीद्धारा उत्पादित राडीपाखी, गलैंचा, अल्लो तथा ऊनका कोट, अचार, सिलाई बुनाई, मह, हातेकागज जस्ता उत्पादनहरुलाई व्यवस्थित बजारको खाँचो रहेको देखिन्छ । यसैगरी पर्यटन वर्ष २०२० लाई प्रत्यक्ष सघाउ पुग्ने गरी कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यहरु जस्तो रारा तथा, से–फोक्सुण्डो, पचाल झरना, देउती बजै, चन्दननाथ, रल्लिंग गुम्बा, लिमी भ्याली, छायानाथ, त्रिपुरासुन्दरी, हल्जी गुम्बा, बुलबुले लगायत अन्य पर्यटकीय स्थलहरुको व्यापक प्रचार–प्रसारको लागि समेत यो महोत्सव फलदायी हुने ठानेका छौं । यसै सन्दर्भमा कर्णालीको भाषा तथा संस्कृतिको प्रचार –प्रसार गर्न ऐतिहासिक सिंजा भ्यालीका बारेमा चर्चा र कर्णालीको लोकसंस्कृति देउडाको प्रतियोगिता मार्फत् भरपूर मनोरञ्जनका प्रदान गरिनेछ । यसका अलबा कर्णालीका रैथाने बालीहरुका परिकारहरु जौ को मः मः, पाmपरको चाउमिन, लगर चोतीको अचार, चिनो र मार्सी चामलको खिर लगायत अन्य कर्णालीका स्थानीय परिकारहरुको स्वाद पनि पस्किने जमर्को गरेका छौं । यसरी कर्णाली प्रदेश सरकारको नारा समृद्ध कर्णाली, सुखारी कर्णालाीवासीलाई सार्थक पार्न समेत यो महोत्सवको महत्वपूर्ण भूमिका हुनेमा हामी विश्वस्त छौं ।
७. अन्त्यमा, सरकार र सिङ्गो नीजी क्षेत्रको संयुक्त प्रयासमा सार्वजनिक नीजि साझेदारीको अवधारणा अनुरुप आयोजना हुने यस राष्ट्रिय स्तरको प्रदर्शनीका बारेमा आफ्नो संचार माध्यम मार्फत् व्यापक प्रचारप्रसार गरी कार्यक्रमको महत्व र उपादेयताको बारेमा जनमानसमा उजागर गरिदिन हुन सम्पूर्ण पत्रकार मित्रहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
चन्द्रबहादुर बि.सी.
अध्यक्ष
नेपाल घरेलु तथा साना उद्योग महासंघ, कर्णाली प्रदेश सुर्खेत
१ कार्तिक, २०७६