अथकले कृषीमन्त्रीलाई फौजी किरा पीडित किसानका दुःख सुनाए, सहयोग गर्ने बचन


नेपालगञ्ज -आज बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले बाँकेका किसानहरुको धानबालीमा लागेको फौजि किराको सँक्रमण लाइ निर्मुल गर्न कृषि मन्त्री चक्रपाणी खनाल सँग भेटगरि छलफल चलाएका छन । पछिल्नो समयमा बाकेमा फौजिकिराको सक्रमणले धानबाली नस्ट हुदै गएको सामाचार बिभिन्न सँचार माध्याम बाट जानकारी पाए पछी साँसद अथकले यस बिषय लाइ चासोका साथ हेरेको बताएकाछन ।

उनले कृषि मन्त्री खनाल सँग यस बिषयमा लामो कुराकानी गरिरहदा मन्त्री खनालले पहिलो पटक नेपालमा फौजी किराको सँक्रमण देखिएको र यसको सामाधान छिट्टै खोजिने बताएको साँसद अथकले जाकारी गराए । साथै उनले मन्त्री खनालले क्षेतिको तथ्यांक समेत सँकलन गर्न मातहता कार्यालय लाइ निर्देशन दिने बताएकाछन । बाकेमा करिब १६ हजार हेक्टर बराबरको धानवालीमा फौजिकिराको सँक्रमण देखिएको अनुमान गरिएकोछ ।

प्रकाशित मितिः     १ कार्तिक २०७६, शुक्रबार १८:४८  |