नेपालगञ्ज २ कात्र्तिक – नेपालगञ्ज भञ्सार कार्यालयले जमुनाह चेकपोष्टमा अत्याधुनिक सुविधा सहितको यात्रु शाखा शुक्रवारदेखि सञ्चालनमा ल्याएको छ । वाकथ्रु र लगेज एक्सरे मेशिन जडान गरिएको यात्रु शाखाको औपचारिक उद्घाटन गर्न केही दिनमै भञ्सार विभागका महानिर्देशन आउने प्रमुख भञ्सार अधिकृत शान्तिराम निरौलाले बताए ।
वाकथ्रु गेटले यात्रुले ल्याउने हर प्रकारका सामानको पहिचान गर्छ भने लगेज एक्सरे मेशिनले झेला तथा अन्य सामानको जाँच गर्छ । लाखौ रुपैया पर्ने यि दुई मेशिन केही वर्ष अघि ल्याइएको थियो । तर सन्चालन हुन नसकी त्यसै थन्काइएको थियो । अहिले पनि मेशिन पुर्णरुपमा सन्चालन गर्ने अवस्थामा छैनन् । मर्मत गरिदै छ ।
भञ्सार यात्रु शाखा सन्चालन पछि दैनिक जसो हरेक सामानका लागि पनि रुपैडिया आउने जानेका लाष् िकष्ट शुरु भएको छ । यात्रु शाखामा हरेक यात्रुको जाँच गरिने गरिएको छ । त्यसले गर्दा एउटा सामान्य सामान ल्याउनेलाई दिन दिनभर चेकजाँचमै समय बिताउनुपर्ने बाध्यता रहेको छ । यही झण्झटका कारण रुपैडिया जान आउनेको संख्या पनि कम हुने देखिएको छ ।