यात्रु शाखा उद्घाटन गर्न भञ्सार विभागका महानिर्देशक नेपालगञ्ज आउने


नेपालगञ्ज – भञ्सार विभागका महानिर्देशक सुमन दाहाल नेपालगञ्ज आउने भएका छन् । जमुनाहमा बनेको यात्रु शाखा उद्घाटन गर्न दाहाल नेपालगञ्ज आउने नेपलागञ्ज भञ्सारका प्रमुख शान्तीराम निरौलाले बताए । लामो समयको अन्तरालपछि भञ्सार विभागका उच्च अधिकारी नेपालगञ्ज आउन लागेका हुन । उनी यहाँ आउँदा सम्भवत यस क्षेत्रका उद्योगी, व्यवसायीले भञ्सारको समस्याका बारेमा गुनासो गर्ने अवसर पाउने सम्भावना छ । प्रमुख भञ्सार अधिकृत निरौलाले महानिर्देशक दाहाल चाँडै आउने जानकारी दिए ।

https://nepalgunjbusiness.com/2019/10/12343/

प्रकाशित मितिः     २ कार्तिक २०७६, शनिबार १५:२८  |