बाँके ३ कात्र्तिक – यसपाली तिहारमा बाँकेमा उत्पादन भएको सयपत्री फुल लगाउन पाइने भएको छ । काठमाण्डौ र भारतबाट आयात गरेर काम चलाउने गरिएको भएपनि पछिल्लो समय स्थानीयस्तरमा उत्पादन हुन थालेको हो ।
खजुरा गाउँपालिका –१ की २८ वर्षिया निनु पाण्डेले खजुरामा यसपटक देखि सयपत्री फुल उत्पादन शुरु गरेकी छन् । नेपालगन्जमा फ्लोरी कल्चर पसल ‘फ्लोरल डिलाईट’ सन्चालनमा ल्याएकी उनले सयपत्री फुल उत्पादन शुरु गरेकी हुन । अहिले उत्पादन भएको जिल्लाका लागि पर्याप्त नभए पनि सहज भने भएको छ । जिल्ला चर्ती फ्लोरा, हिमाल नर्सरीले पनि सयपत्री फुल उत्पादन गर्दै आएका छन् ।