नेपालगञ्ज ३ कात्र्तिक – कफी क्याफेसंगै कफीका पारखीहरु बढ्दै छन् । कफी पिउनेहरु त धेरै छन् तर बनाउने जनशक्तिको भने अभाव छ । तर अब नेपालगञ्जमै कफी बनाउने जनशक्ति उत्पादन गर्ने स्कुल खुलेको छ । ट्वीस्ट हस्पिटालिटीले आज आईतवारदेखि ट्वीस्ट स्कुल अफ बरिष्टा शुरु गरेको छ । जसले राम्रो कफी बनाउने जनशक्ती उत्पादन गर्ने सन्चालक सन्जय श्रेष्ठ बताउँछन् ।
‘राम्रो कफी बनाउने जनशक्तीको अभाव हटाउन स्कुल खोलेका छौं । थोरै खर्चमा पनि राम्रो रोजगारी पाइने भएकाले स्कुलमा पढ्न आउनेको आर्कषण हुने आशा गरेका छौं ।’– श्रेष्ठले भने । उनका अनुसार, कफी बनाउन सिक्नका लागि बिद्यार्थीले एक महिनाको कोर्ष गर्नुपर्छ । त्यसका लागि रु १५ हजार शुल्क लाग्ने छ । उक्त पैसा खर्च गरेर पढेपछि बेरोजगार भएर बस्न नपर्ने स्कुलकी सन्चालिका तुलसा थापा बताउँछिन् । उनले भनिन्–‘अरु ठाउँमा मात्र होइन आफै क्याफे खोलेर पनि स्वरोजगार बन्न सकिन्छ ।’