नेपालगञ्ज ३ कात्र्तिक : भारतको चर्चित संचारगृह ‘आजतक’ले थोरै बजेटमा पनि नेपालका शुन्दर पर्यटकीयस्थल घुम्न सकिने भन्दै एकपटक नेपाल पुग्न आग्रह गरेको छ । आजतकको अनलाइन संस्करणले ‘थोरै बजेटमा पहिलो पटक वल्र्ड टुर’ गर्न सकिने १२ वटा देशको सूचिमा नेपाललाई पहिलो नम्बरमा राख्दै यस सम्बन्धी बिस्तृत समाचार नै प्रकाशन गरेको छ ।
‘बिश्व भ्रमण गर्ने तपाईको इच्छा पुरा भएन ? यही हुन थोरै बजेटमा घुम्न सकिने बिकल्प ।’ भन्दै आजतकले १२ देशको सूची प्रकाशन गरेको हो । जसमा नेपाल सहित भुटान, इण्डोनएशिया, लाओस्,मलेसिया, मालदिप, फिलिपिन्स, सेशेल, सिंगापुर, श्रीलंका, थाईल्याण्ड, भियतनाम रहेका छन् ।
नेपालको हिमाली भेगको पदयात्राको फोटो राखिएको छ । जसमा एक हजार ५ सयसम्म राम्रो होटल मिल्न सक्ने उल्लेख छ । नेपालमा भ्रमण वर्ष सन्चालनको तयारी भइरहंदा भारतको सबैभन्दा ठुलो सन्चार संस्थाले प्रकाशन गरेको उक्त समाचारले नेपालमा भारतीय पर्यटक भित्रिने अपेक्षा गर्न सकिन्छ ।