नेपालगञ्जमा यस्तो बन्दै छ भाटभटेनीको भवन


नेपालगञ्ज ३ कात्र्तिक – आगामी फाल्गुण महिनादेखि सन्चालन गर्ने तयारीमा रहेको भाटभेटनी सुपरमार्केटले नेपालगञ्जमा (नेपालगञ्ज १८ कान्तिपुर कार्यालय जाने बाटोमा)पूर्वाधार निर्माणको काम धमाधम गरिरहेको छ । काम शुरु भएको केही महिनामै उसले अन्डरग्राउण्ड पार्किग सहितको ठुलो भवन सम्पन्न गर्ने तयारीमा छ । स्वदेशी बजारमा दैनिक किनमेलको वस्तु एउटै छानामूनि उपलब्ध गराउने व्यवसायको शुरुवात गरेको श्रेय पाएको सुपर स्टोर भाटभटेनी बुटवल पछि पश्चिम नेपालमा पहिलो पटक भित्रिएको हो त्यसको सुरुवात नेपालगञ्जबाट गरिएको छ ।

भाटभटेनी स्रोतबाट अब बन्ने नेपालगञ्जको स्केज नेपालगञ्ज बिजनेशलाई प्राप्त भएको छ ।  नयाँ सन्चालनमा आउने भाटभटेनीका लागि अहिल्यै ४० देखि ५० जना कर्मचारी माग गरिसकेको छ । यो वर्ष चारवटा नयाँ सुपर स्टोर संचालनमा ल्याउने भएको छ ।  गत महिनादेखि भाटभटेनीको इटहरी र नेपालगन्जमा सुपर स्टोर निर्माण कार्य शुरु भएको हो ।

राजधानी बाहिरका शहरमा एउटा भाटभटेनी सुपर स्टोरको निर्माणमा जग्गा सहित करिब एक अर्ब रुपैयाँ लगानी हुने गरेको छ । ठूला शहर र उदाउँदो बजार केन्द्रको ग्राहकलाई लक्षित गर्दै प्रत्येक वर्ष ३ देखि ४ वटा सुपर स्टोर संचालनमा ल्याउने रणनीति बनाएर सुपर स्टोर निर्माण कार्य भइरहेको छ ।

प्रकाशित मितिः     ४ कार्तिक २०७६, सोमबार ०७:२८  |