कफी चिसोमा मात्र पिउनुपर्छ भन्ने छैन् । यसका कयौं भेराईटिहरु जुनसुकै मौसममा पनि पिउन मिल्छ । तर फेरी पनि कफी र चिया जाडो मौसमै धेरै खपत हुने गर्छ । चिसो मौसममा तातो कफीको चुस्की लिदै गफिनुको मजा नै बेग्लै हुन्छ । बाँकेमा हरेका केही ठुला क्याफेका बारेमा तयार पारेको स्टोरी यहाँका प्रकाशन गरेका छौं । यद्यपी कफी सपहरु अहिले अधिकांस ठाउँमा हुने गर्छन् ।
तारे होटलको एस–क्याफे
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले ‘एस–क्याफे’ मार्फत कफी कल्चरलाई प्रोत्साहन गरिरहेको छ । उक्त समूहले एस– क्याफेका पाँचवटा ‘आउटलेट’ राजधानी काठमाडौंको तीनकुने, जमल, न्यूरोड, बाँकेको नेपालगन्ज र कोहलपुरमा सञ्चाल गरिरहेको छ । प्रमुख ठाउँमा बिस्तारको योजना रहेको सिद्धार्थ समूहका सिइओ कृष्ण न्यौपाने बताउँछन् ।
मुख ठाउँमा बिस्तारको योजना रहेको सिद्धार्थ समूहका सिइओ कृष्ण न्यौपाने बताउँछन् । एस–क्याफेले ‘फ्रेस अर्गानिक कफी’ को स्वाद पस्किने गरेको छ । त्यसका लागि उक्त समूहले गुल्मी लगायतका पहाडी जिल्लामा अर्गानिक कफी खेती गर्दै आएको छ । ‘गाउँमा कफीको खेती र शहरमा क्याफे’ शैलीमा सिद्धार्थ समूह अगाडी बढेको छ । कफी कल्चर नभएका ठाउँमा समेत खोलिएका आउटलेटमा यतिबेला भिड लागेको देख्न पाईन्छ । शुन्दर इन्टरियर डोकेरेसन सहितको क्याफेभित्र कफीको चुस्की लिनेको संख्या बढ्दै गएको छ ।
क्याफेमा कफी मात्र नभई बेकरीका बिभिन्न ‘भेराइटी’, चाइनिज कन्टिनेन्टल, ओरेन्टियल, इण्डियन, नेपाली फास्टफुडको स्वाद पनि लिन पाइन्छ । ‘एस–क्याफेप्रति सेवाग्राहीको आर्कषण छ । हालसम्म सबै ठाउँबाट राम्रो रेस्पोन्स पाएका छौं । आगामी दिनमा देशका मुख्य ठाउँमा बिस्तार गर्दै जाने हौसला मिलेको छ,’ सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रमुख केशव न्यौपानेले भने । सिद्धार्थ ग्रुपले संचालन गरेका तारे होटल, रेष्टुराँ लगायतबाट एक हजार बढिले रोजगारी पाएका छन् । त्यहाँ कार्यरत कर्मचारी स्वयंले एस क्याफेमा लगानी गरेका छन् ।
स्टेमिङ्ग कप क्याफे
नेपालगन्ज–७ का ‘एराकी ब्रर्दश’ले बिपीचोकमा ‘स्टेमिङ्ग कप क्याफे’ सन्चालनमा ल्याएका छन् । मयक पेट्रोल पम्प पछाडी डा प्रकाश नागको क्लिनिकसंगै जोडिएको छ, उक्त क्याफे । मोहमद सफी, मोहमद रफि र मोहमद इमराज तीन दाजुभाई लामो समयदेखि हस्पिटालिटीक्षेत्रमा कार्यरत छन् । सफी अहिले पनि दुबईमा छन् । उनी क्याफे सन्चालनका लागि नै नेपाल फर्किदै छन् । त्यस्तै रफि र इमरानसंग नेपालगन्जका तारे होटलमा काम गरेको अनुभव छ । यि तीन भाई मिलेर पहिलो पटक आफ्नै क्याफे सन्चालन गरेका हुन । अहिलेसम्म होटल क्षेत्रमा काम गरेको अनुभव क्याफेमा सेवाग्राहीसंग साट्ने मोहमद रफिले बताए । उनले क्याफे संस्कृति बसाल्ने नयाँ पुस्तालाई आर्क्षित गर्नका लागि क्याफे खोलिएको उल्लेख गरे । ‘उत्कृष्ट सेवामा अब्बल बन्ने योजना सहित काम गर्छौ ’ –इमरानले भने ।
स्टिेमिङ्ग क्याफेमा जाने जोकोही सेवाग्राहीले दानाबाट बनेको कफी पाउने छन् । महङ्गो मेशिनबाट बनेको कोल्ड वा हट हरप्रकारको कफी उपलब्ध छ । गुणस्तरमा प्राथमिकता दिईएको सन्चालकले बताए । कफी बनाउनेलाई पूर्वतयारी तालिम दिइएको छ । कफी मात्र होइन बिरयानी र फास्टफुड समेत उपलब्ध छ । स्टिेमिङ्ग क्याफेमा जाने सेवाग्राहीका लागि बस्ने ठाउँँ फरक लाग्न सक्छ । फलामबाट बनेको ड्रमको व्यवस्थापन गरी गज्जवको बस्ने ठाउँ बनाईएको छ । नेपालगन्जमा यहाँ अन्त भन्दा फरक अनुभुती सबै गर्न सक्छन् ।
नेप क्याफे
चारवाहिनी रोड नजिक खुलेको नेपक्याफे सञ्चालनमा छ । गत असोजको दोस्रो साताबाट सन्चालनमा आएको नेपक्याफे सफा, चिटिक्क डेकुरेसन सहित बनेको छ । चिया र कफिको चुस्की लिने पारखीहरुको अहिले नेपक्याफेमा भिड लागेको देख्न पाईन । मर्निङ वाक गरेर फर्किनेका लागि बिशेष रहेको छ । क्याफेका सन्चालक जहिद अलि सिद्धिकीले कफि र चियाको मुल्य खासै महङो पनि नभएको बताए ।