बाँकेमा नेपालगञ्ज पछिको दोस्रो ठुलो शहर कोहलपुरमा बैंक तथा वित्तीय क्षेत्रको आर्कषण बढ्दै छ । लकडाउनले बैंकको गतिविधि ठप्प पारेको भने छ । यद्यपी यो लकडाउनपछि फेरी पनि यहाँको आर्थिक गतिविधि चलायमान हुने अपेक्षा गरिएको छ । पछिल्लो केही वर्षयता सहकारी संस्थादेखि वाणिज्यस्तरका बैंकका शाखा खुल्ने क्रम बढेको छ । कोहलपुरमा बैंक तथा वित्तीय संस्थाको आर्कषण र त्यसको अवस्थाका बारे सिभिल बैंक लिमिटेड कोहलपुर शाखाका प्रमुख बसन्त कुमार रेग्मीसंग कुराकानी गरेका छौं । प्रस्तुत छ उहाँसंगको कुराकानी –
कोहलपुरमा बैंक तथा वित्तीय क्षेत्रको उपस्थिती कस्तो छ ?
– साविकको मध्य तथा सुदूरपश्चिमको केन्द्रविन्दुका रुपमा कोहलपुर छ । यहाँ अन्य गतिविधि जस्तै बैंक तथा वित्तीय क्षेत्रको गतिविधि पनि बढेको पाईन्छ । राष्ट्रियस्तरका अधिकांस वाणिज्य बैंकका शाखा यहाँ सन्चालनमा ल्याईएको छ । त्यस्तै विकास बैंक, लद्युवित्तको संख्यामा बढोत्तरी भएको छ । सहकारीप्रति आमनागरिकको आर्कषण त छदैछ । कोहलपुरमा बैंक तथा वित्तीय क्षेत्रको ठुलो उपस्थिती भएको देखिन्छ ।
आर्कषको कारण के होला ?
यो आफैमा उदाउँदो शहर हो । त्यो पनि पर्याप्त सम्भावना बोकेको । पश्चिमको केन्द्रबिन्दुमा रहेकाले यहाँ औद्योगिक, व्यवसायीक वातावारण तिव्र बनेको छ । त्यसै अनुरुप लगानीकर्ताले लगानी थप्दै गएको पाईन्छ । सानादेखि ठुला उद्योग,कलकारखानाको संख्या थपिएका छन् । विभिन्न ठाउँबाट बसाईसराई गरेर उहाँ आउनेको संख्या पनि धेरै छ । निष्कर्षमा भन्दा यो आर्थिकरुपमा पनि तिव्रतर विकास भइरहेको शहर हो । जहाँ आर्थिक गतिविधि हुन्छ त्यहाँ बैंक तथा वित्तीय संस्था खुल्ने कुरा स्वभाविक पनि हो ।
बैंक तथा वित्तीय संस्था खुल्दा आमनागरिकलाई के फाईदा भएको छ ?
हरेक मानिसको आर्थिक जिवनस्तर उकास्न बैंक सारथी बन्छ । धेरै नेपाली बैंक तथा वित्तीय क्षेत्रको पहुँच भन्दा बाहिर रहंदा उहाँहरुले त्यो अवसर पाउनुहुँदैन । पछिल्लो समय वित्तीय साक्षरता बढ्दै जादा आमनागरिक र बैंकबीचको सम्बन्ध सुमुधुर बन्दै गएको छ । त्यसो हुँदा प्रत्येक नागरिकको आर्थिक गतिविधि चलायमान बनाउन बैंकले महत्वपुर्ण भूमिका खेलेको छ ।
बैंकको प्रणाली झण्झटिलो हुन्छ भनेर आमनागरिकले अझै गुनासो गर्छन् ?
बैंक तथा वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंक र आन्तरिक समेतको नीति नियमबाट चल्छन् । विधि र प्रक्रियाका आधारमा चल्र्नैप¥यो । हामीले आमनागरिकलाई सहज र सरल तरिकाले सुविधा पाउन भन्नाका लागि धेरै कामहरु गरिरहेका हुन्छौ । कुनै सेवाग्राहीले त्यस्तै कष्ट भोग्न नपरोस् भन्नेमा हामी धेरै सचेत रहदै आएका छौं । अत्याधुनिक बैंकिङ्ग प्रणाली भित्रिनु भनेको पनि आमनागरिकलाई सहज तरिकाले सेवा प्रदान गर्नु नै हो ।
अधिकांस बैंकको शाखा कार्यालय कोहलपुरको मुख्य ठाउँमा छन् । सुविधा र सुरक्षाको हिसावले यो स्वभाविक पनि होला । तर कोहलपुर बाहेक अन्यत्र ग्रामिण क्षेत्रका सेवाग्राही आए भने उनीहरुलाई यहाँहरु कस्तो सेवा प्रदान गर्नुहुन्छ ?
हामी कुनै सेवाग्राहीले विभेद गर्दैनौ । हामीले प्रदान गर्ने सेवा हाम्रो कार्यालय कहाँनेर छ भन्ने कुराले फरक पार्दैन । हरेक बैंकको शाखाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने जुनसुकै ठाउँका सेवाग्राहीलाई पनि समानरुपमा सेवा प्रदान गर्छ । त्यस बाहेक कसैले आफुलाई विभेद भएका महसुस गर्न पाउनुहुँदैन ।