बाँकेमा मुख्यमन्त्री पोखरेलको ब्यस्तता


बाँके ५ कात्र्तिक – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको तीन दिने नेपालगञ्ज बसाईका क्रममा बिभिन्न कार्यक्रममा सहभागि हुने भएका छन् । पार्टीबाट जनप्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई प्रशिक्षण देखि खजुरा सम्मेलन, चियापान तथा अन्य बिभिन्न कार्यक्रममा उनको सहभागिता रहने नेकपा बाँकेले जनाएको छ । ती कार्यक्रममा सहभागि हुन मुख्यमन्त्री पोखरेल सोमबार नेपालगञ्ज आएका थिए ।

फौजी किराको प्रकोप पीडित सर्वसाधारणले प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलसंग मंगलवार नेपालगञ्जमा भेटेका छन् । बिभिन्न कार्यक्रममा सहभागि हुन आएका मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएर धानवाली नष्ट भएकाले क्षतीपुतीृ उपलब्ध गराइदिन माग गरे । मुख्यमन्त्री आउने थाहा पाएपछि गाउँ गाउँबाट कृषकहरु नेपालगञ्ज आएको प्रदेश सांसद आईपी खरेलले बताए ।

ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री पोखरेललाई सहयोगको बचन दिएका छन् । धानमा भएको क्षती विवरण संकलन भइरहेको बताउँदै मुख्यमन्त्री पोखरेलले उक्त विषयमा उचित निर्णय गर्ने बताए । मुख्यमन्त्रीसंग भेटघाट पछि क्षतीपुर्ती पाउनेमा आशावादी भएर कृषकहरु घर फर्किएका छन् ।

प्रकाशित मितिः     ५ कार्तिक २०७६, मंगलवार १४:१७  |