उहिले –नेपालगञ्ज जानु खजुराको बाटो !


खजुरा ६ कात्र्तिक – खजुरामा एयरपोर्ट ! धेरै नयाँ पुस्ताले बिश्वास गर्दैनन् । तर बास्तविकता के हो भने कुनै बेला यहाँ एयरपोर्ट थियो । राजा, प्रधानमन्त्री जस्ता भिभिआईपीदेखि सर्वसाधारणहरु नेपालगञ्ज पुग्न खजुरा एयरपोर्टमा ओर्लिन्थे । खजुराको बाटो हुँदै जिल्ला सदरमुकामको गन्तव्यमा पुग्नुपथ्र्यो । बुढापाकाका लाति ताजा रहेको यस्ता सम्झना नयाँ पुस्ताका लागि भने सपना जस्तो लाग्छ ।

एयरपोर्ट लगायत महत्वपुर्ण सरकारी निकायहरु रहेकाले खजुरा जिल्लाकै शक्तिशाली ठाउँ थियो । स्थानीय अगुवा समेत रहेका नेकपाका नेता शतिश निरौलाका अनुसार, पुनर्बास का रूपमा तत्कालीन शासक महेन्द्र ले बसाएको ठाउँ हो त्यसैले यहाँ विभिन्न ठाउँ बाट बसाई सराइ गरेर आएका मानिसहरुको मिश्रत बसाइ छ। जसरी जङ्ग बहादुर ले निकै चासो का साथ नेपालगन्ज शहर बसाए उस्तै चासो अनि रास्ट्रीय महत्त्व का साथ तत्कालीन राजा महेन्द्र ले बसाएका थिए यो बस्ती । भारतीय सिमाना छेउ छेउ मा पुर्व सैनिक हरु लाई बसोबास गराएर अलि वरका ठाउँमा अन्य बस्ती बसाए त्यसो गर्नुमा सिमा जोगाउने चासो हुनुपर्छ उनको ।

‘खजुरा को रुप बिस्तारै फेरिदै त छ नै पछिल्लो स्थानीय निर्वाचन पश्चात् । तथापि खजुराले अझै आफ्नो प्रष्ट लक्ष्य बोकेर अब यसरी यहाँ पुग्ने भन्ने हिसाबले दीर्घकालीन लक्ष्य खडा गरि अगाडि बढ्न सकेको छैन ।’– निरौला भन्छन् । त्यसरी कुनै बेला जिल्लाकै लिड गर्र्ने अवस्थामा पुगेको खजुरालाई फेरी त्यसैगरी चम्काउने बहस र छलफल हुन थालेका छन् । गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति बृहद खजुरा सम्मेलन त्यसैको रुप भएको बताउँछन् । उनी भन्छन्,–‘नयाँ ढङ्गले खजुरालाई अगाडी बढाउने योजना बन्दै छ ।’  पुरानो बिरासत फर्काउने मात्र होइन खजुरालाई अझ परिचित बनाउने दौडमा आफुहरु रहेको कक्षपतिले बताए ।

खजुरामा यस्ता कार्यालय छन् ।

१. कपास बिकास समिति गठन आदेश २०३७ अनुसार स्थापित भएको यो समिति ४ दशक पुग्न लागी सकेको छ भने यसको स्तिथी “ उदोगती“ उन्मुख छ, जतिपनी सरकार आए मन्त्री फेरिए पनि ०४६ पछि यो झन् भन्दा झन् कमजोर बन्दै गैरहेको छ । मानवीय मुख्य ३ आवश्यकता गास, बास र कपास मध्य को प्रमुख १ आवश्यकता पुरा गर्ने यो सस्थाको बिकास र दिगो पनले केही हदसम्म भएपनी स्थानीय स्तर मा रोजगारी सृजना गर्नेछ भने उधोग धन्दा को बिस्तार सङ्गै स्वदेशी उत्पादन मा टेवा पुर्याउने नै छ, मोफसल मा एउटा सरकारी अड्डाको केन्द्रीय कार्यलय हुनु आफै मा एउटा महत्त्वपूर्ण र गर्व को कुरा हो।

२. छापाखाना : मध्य तथा सुदुर पश्चिम मा सरकारी बिधालय का पाठ्यपुस्तक सहज पुर्तिको उधेश्य सहित स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्र खजुराको भवन पुस्तक छाप्ने उपकरण बिनै दशकौ देखि बेकामे भएर बसेको छ र दिनानुदिन जिर्ण बन्दै जाँदै छ। यहाँ सरकारले राखेको उधेश्य अनुरुपको तत्काल पुस्तक छाप्ने मसिन ल्याइ काम बढाउने हो भने स्थानीय स्तरमा रोजगारी को वृद्धि सङ्गै खजुरा गाउँ पालिकाले एउटा नयाँ पहिचान स्थापित गर्ने छ भने खजुराको बिकास का लागि यो महत्त्वपूर्ण परियोजना साबित हुनेछ ।

३. क्यान्सर अस्पताल : अध्यात्मिक गुरु सन्त दिनदयाल जि को संकल्प सहित स्थानीय जनता ले मानो र मुठी गरेर ठड्याएको अस्पताल जस्लाइ खजुराबासिले “ मेगाप्रोजेक्ट“ का रूपमा हेरेका छन् आज यो अस्पताल ले आशातित गति सहित लक्ष्य प्राप्ति को बाटो मा अगाडि बढ्न नसकेको तितो सत्य हामी माझ छर्लङ्ग छ। संयोग मान्नुपर्छ जुन ठाउँ बाट खजुरा बिमानस्थल उठ्यो सोही ठाउँमा नै निर्माण गरिएको क्यान्सर अस्पताल बाट विमान स्थल पलायन बाट बनेको घाउमा खाटा बसाउने कुरामा खजुराबासी बिस्वस्त त छन् नै तर पछिल्लो समय समुदाय बाट अस्पताल राज्यलाई हस्तान्तरण गरिसकेपछि अस्पताल ले गति लिन सकेको छैन । प्रदेश न ५, कर्णाली प्रदेश , सुदुरपस्चिम प्रदेश र छिमेकी भारतीय राज्री उत्तर प्रदेश बाट समेत क्यान्सर पीडित बिरामी को सेवा का लागि सहज बन्ने छ यो अस्पताल सेवा सुरु गर्न सके तर कता कता कुहिरोको काग बनेको छ यो अस्पताल यतिबेला । अस्पताल को सेवा प्रारम्भ हुनासाथ खजुरा मा स्वभाविक रूपमा चहलपहल बढ्ने छ, अस्पताल को सेवा लिन आउनेहरुले स्थानीय ब्यापार ब्यबसाय मा पनि केही न केही रूपमा टेवा पुर्याउने छ र स्वरोजगार को अवसर खजुराबासिले पाउने छन् र स्वास्थ क्षेत्र को एउटा महत्त्वपूर्ण ठाउँ का रूपमा खजुराले आफ्नो पहिचान बनाउने छ।

निरौलाको शब्दमा अब खजुरा बनाउन यस्तो गर्नुपर्छ ।-

सम्मुन्नत नगर “ खजुरा लाई आजको अवस्था सम्म आइपुग्दा थुप्रै मानिसहरू को योगदान केहिन केही रूपमा दिएका छन् नै, राजनीतिक रूपमा नेतृत्व प्रदान गर्नेहरु, सरकारी कर्मचारी हरु,सामाजिक रूपमा नेतृत्व दिनेहरू र खजुराका लागि खजुरामा नै लगानी गर्ने उधोगी ब्यबसयिहरु सबै धन्यवाद का पात्र छन् । खजुरा लाई पुर्वाधार का क्षेत्रमा केहि लगानी गरि अघि बढे आउँदो २ बर्ष भित्र खजुरालाइ एउटा सम्मुन्नत नगर का रूपमा स्थापित गर्न गार्हो छैन , बाके जिल्ला का तीन ठुला क्षेत्र नेपालगन्ज , कोहलपुर र खजुरा आसपास का ठाउँ का लागि धुरी का रूपमा रहेका छन् । खजुराले आफ्नो छिमेकी गाउँ पालिकाहरु बैजनाथ र जानकी लाई आफु सङ्गै को गतिमा अगाडि बढाइ बिकास को गति समाते छिमेकी यी पालिकाहरुले पनि बिकासको गति पक्डिने छन् ।

अब आउँदो आगामी स्थानीय निर्वाचन सम्म ब्यबस्थित योजना र सिलसिलेवार बिकास र गतिका साथ अगाडि बडे आउदो चुनाव सम्म खजुरा नगरपालिका का रूपमा सहजै आफुलाइ उभ्याउने छ। कृषि मा आधारित “ नगर “ : खजुरा क्षेत्र कृषि का लागि पनि लागि परेको छ नै बिशेष गरि वडा न २, ३ र ५ मा व्यावसायिक कृषि का प्रयासहरु भैरहेको देखिन्छ , कृषि मा यान्त्रीकिकरण र आधुनिक एबम बैज्ञानिक कृषि मा जोड दिदै सिचाइ , उन्नत बिउबिजन र मलखाद को उचित प्रबन्ध गरे खजुराका लागि खजुरामा नै उत्पादन सम्भव देखिन्छ । साधारण कृषि का काम हरु खजुरा का सबैजसो वडा छन् नै धेरै जसो वडा का मानिसहरू को आयको आधार कृषि नै भए पनि ब्यबस्थित र ब्यबसायिक रूपमा अगाडि बढ्न सकेको देखिदैन , ब्यबसायिक रूपमा सबै कृषक लाई लैजान सके खजुराको उत्पादन निर्यात मुखी नै देखिनेछ।
३३ग्रीन सिटिको अवधारणा स्खजुराले आफुलाइ ग्रीनसिटी का रूपमा अघि बढाउन प्रारम्भिक प्रक्रिया शुरु गरिसकेको छ, यो परियोजना स्वीकृत भै अगाडि बढे यहाँ थुप्रै नयाँ र ठुला पुर्वाधार तयार हुनुका साथै खजुराको कायापलट हुनसक्छ र यसको साथै अन्तर्रा्ष्ट्रिय रूपमा समेत यसको माध्यम बाट नयाँ सम्बन्ध स्थापित हुन सक्छ।
समग्र रूपमा खजुराको बिकास र श्रीबृद्धिका लागी महत्त्वपूर्ण ठानिएको खजुरा सम्मेलन ले खजुराको बहुआयामिक बिकास का लागिटेवा पुर्याओस जसबाट झन्डै आधा शताब्दी देखी गतिलिन नसकेको खजुराले गतिवान ढङ्गले अगाडि बढ्ने रणनीति तयार गरोस् र समुन्नत एबम समृद्ध खजुराको मार्ग प्रसस्त गरोस् , शुभकामना ।

प्रकाशित मितिः     ६ कार्तिक २०७६, बुधबार ०९:४२  |