बाँके ६ कात्र्तिक – मुख्यमन्त्री शंकर पोख्रेलले अल्छी नबनी घरदेखि गाउँसम्मको विकासमा लाग्न आग्रह गरेका छन् । राज्यले पूर्वाधार तयार गर्दा पनि खेतवारी बाँझो राखेको हेर्दा चित्त दुख्ने गरेका बताए । बुधवार खजुरा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले भने,–‘अब पनि हामी अल्छी नबनौ ।’
‘इजरायल मोडेल’ मा बनेको पूर्वाधार व्यवस्थितत हुँदा समेत खजुराका कयौं घरमा तरकारी नफलेको देखेको बताउँदै मुख्यमन्त्री पोख्रेलले भने,–‘खजुरामा म पनि दुई÷तीन पटक घुमेको छु । त्यसरी घुम्दा पूर्वाधार हुँदा हुँदैमा जनस्तरबाट हुनुपर्ने कुरा नभएको प्रति मेरो चित्त बुझेन । ’ मुख्यमन्त्री पोख्रेलले इजरायल मोडेल भने पनि त्यो व्यवहारिकरुपमा नदेखिएको स्पष्ट पारे । उनले भने,–‘चित्त नदुखाउनुहोला । सबै जम्मा भएको मौकामा तपाईहरुकै हितका लागि यत्ति कुरा भनिहाले ।’
मुख्यमन्त्री पोख्रेलले जनप्रतिनिधिले पूर्वाधार बनाउने र उत्पादनको बजारिकरणको माहोल बनाइदिनुपर्ने भए पनि बाँकी काम नागरिकले नै गर्न सक्नुपर्ने उल्लेख गरे । ‘पूर्वाधार र बजारिकरणको समस्या समाधान गर्ने दायित्व जनप्रतिनिधिको हो ।’– उनले भने । मुख्यमन्त्रीले पहिल्यैदेखि व्यवस्थित रहेको खजुरालाई नमुना बनाएर देखाउन अवसर रहेको बताए ।
https://nepalgunjbusiness.com/2019/10/12449/