सुर्खेत ७ आश्विन । भ्रमणका क्रममा सुर्खेत आइपुगेको मध्यविन्दू उद्योग वाणिज्य संघ नवलपुरको कार्य समितिलाई कात्तिक ७ गते संघमा स्वागत, परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा पाहुना संघका अध्यक्ष केदारप्रसाद पराजुलीले सुर्खेतदेखि रारा पुग्नेबेला पुग्दाको अनुभव सुनाउँदै भन्नुभयो, Èयो प्रदेश अरु सबैभन्दा धनी प्रदेश बन्नसक्ने सम्भावना थुप्रै देखें । कर्णालीका नदीमा पानी नभइ पैसा बगिरहेको र वन जंगलमा पातपतिंगर मात्र नभई बहुमूल्य जडिबुटी फलिरहेको अनुभूति आपूmलाई भएको भन्दै उहाँले यस्तो बताउनुभएको हो ।
मुलुक नयाँ व्यवस्था र संरचनामा प्रवेश गरिसकेको अवस्थामापनि निजीक्षेत्रले त्यसको प्रत्याभूति गर्न नपाएको गुनासो गर्दै उहाँले राज्यले निजीक्षेत्रलाई झन भताभुंग पारिरहेको आरोप लगाउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले कर्णाली प्रदेश लगानीका लागि भर्जिन ल्याण्डका रुपमा रहेको भन्दै यस प्रदेशमा थोरै लगानीमा धेरै प्रतिफल लिन सकिने दाबी गर्नुभयो ।
परिवारको कान्छो सन्तानलाई अभिभावकले सबैभन्दा बढि माया र स्याहार दिने भएपनि कान्छो प्रदेशका रुपमा जन्मिएको कर्णालीलाई राज्यले अपेक्षित माया र स्याहार दिन नसकेको उहाँको गुनासो थियो । जलविद्युत, जडिबुटी, पर्यटन, खानीखनिज र कृषि क्षेत्रमार्फत समृद्धिको बलियो सम्भावना रहेको औल्याउँदै उहाँले कर्णाली अहिले लगानी कुरेर बसिरहेको उल्लेख गर्नुभयो । यसैगरी संघका अध्यक्ष धनबहादुर रावतले केहि भौगोलिक कठिनाई र विकटता तथा पूर्वाधार अभाव भएपनि यहि कारण देखाउँदै कर्णालीलाई सधैं गरिब राख्न नहुनेमा उहाँले जोड दिनुभयो ।
तत्कालै ठूल्ठूला उद्योग,कारखाना र लगानीको सम्भावना नभएपनि राज्यले विशेष सहुलियत दिएको खण्डमा कालान्तरमा राष्टि;य अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान दिने प्रदेशका रुपमा कर्णाली उदाउनसक्ने दाबी गर्नुभयो । पाहुना संघका महासचिव चेतन पौडेलले सरकारले बाहिरी उद्योग र लगानीकर्तालाई मात्र प्राथमिकतामा राखी आन्तरकि उद्योग र लगानीकर्तालाई बेवास्ता गर्दै आएको गुनासो गर्नुभयो ।
सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले कर्णालीको विकटता, गरिबी र दुर्दशा भोगेपनि यहाँको प्राकृति सौन्दर्यताले सबै कष्ट कठिनाई बिर्साउने गरेको उल्लेख गर्नुभयो ।
पाहुनाहरुले कर्णालीका यहि पक्षलाई उजागर एवं प्रवद्र्धन गरिदिए कर्णालीको पर्यटन व्यवसायसंगै नेपाल भ्रमण वर्ष २०२० पनि सफल हुने उहाँको तर्क थियो । संघका महासचिव लक्ष्मण कंडेलले सञ्चालन गरेको कार्यक्रममा दुबै संघका पदाधिकारी, वस्तुगत समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।