बालअधिकार र पाठ्क्रम


  • किरण धिताल 

परिचय
विश्वव्यापी मान्यता तथा अम्यासह?को आधारमा मानव अधिकारका आधारभुत पक्षले स्पष्ट किटान गरेका मानवीय एव जैविक बिकास परिर्वतन र सुरक्षित जीवन यापनको अवस्था लाई प्राप्त गर्ने गरी ब्यस्थित आर्थिक,सामाजिक र साँस्कृतिक अधिकारह?को स–ुसज्जितहुनु लाई मानवअधिकार र बालकको बाँच्ने जिउने शिक्षा आर्जन गर्ने तथा संर्वाड्डगिण बिकासको अवसर लाई बालअधिकार भनिन्छ । मानवअधिकार तथा बालअधिकारको ब्यवहारिक प्रत्याभुतिका लागि प्रजातान्त्रिक समाज तथा सभ्य साँस्कृतिक अवस्थाका लागि युग ठाउँ र समय सान्र्धभिक शैक्षिक कार्यक्रमको ज?री हुन्छ । बालअधिकार लगायत समतामुलक समाज बिकासको बिश्वको बर्तमान अवस्थाले बिबिधताले चित्रण गर्नु पछाडी शैक्षिक कार्यक्रमको स्तर लागु गरीएको पाठ्यक्रमको समाजमा देखिएको प्रतिबिम्ब आदिले प्रभाव पारेको देखिन्छ । त्यसैले समतामुलक समाज र मानवअधिकारको पुर्ण ,प्रत्यभुतिका लागि बालअधिकार सामाजिक बिकास साँस्कृतिक स्वतन्त्रता लाई दिगो ?पमा स्थापित गर्न पाठ्क्रमको बिकास एव लागु गर्न पाठ्क्रमको बिकास एव लागु गर्न आवश्यक हुन्छ । बिद्यमान बिश्व मान्यता र नेपालको बर्तमान सामाजिक अवस्था अनु?प बालअधिकारको पूर्ण प्रत्याभूतिका लागि पाठ्यक्रममा ल्याउनु पर्ने परिवर्तन तथा परिमार्जनका पक्ष लाई यस प्रतिवेदनमा उल्लेख गरीएको छ ।
नेपालमा बालअधिकार
बालकको बाँच्ने अधिकार, शिक्षा अधिकार, स्वास्थ्य अधिकार, बिकास अधिकार सम्बधी ब्यवस्था नेपालमा सन १९८० को दहक पछि सु?भएता पनि देशमा हाल सम्म बालअधिकारको संरक्षण, प्रयोग र प्रत्याभुतिमा खासै प्रगति भएको छैन । लाखौ बालक खाद्ययअधिकार बाट बन्चित छन । हजारौंको संख्यामा बालश्रम शोषणको चपेटामा पेरेका छन । घर बिहिनको संख्या पनि कहली लाग्दो छ । देशमा कुनै न कुनै नाममा द्धन्द्ध र राजनीतिक अस्थिरताका कारण पिडित बनेका बालबालिका शिक्षा, स्वास्थ्य, र बिकासको पहुँच बाहिर छन । बर्षेनी करडौंको मात्रमा बालबिकास तथा बलअधिकार सम्बन्धि विदेशी ?पैया खर्च गरेको नाटक गर्ने देशीय विदेशीय संघसंस्थाह?ले समेत बालबिकासको सहित दिशा लाई कु?प बानाई देशको बालअधिकार धरासय बनेको छ । राज्य संयन्त्रका मन्त्रालय बिभाग समेत बालअधिकार तथा बालबिकासका नाममा आर्थिक लाबको खेतिमा छन । समावेशी तथा बिभेद हिनबिकास प्रक्रियाले पनि बालबिकास लाई खासै गति दिन सकेको छैन । समग्रमा नेपालको तिन दशक लामो बालअधिकार संरक्षण सम्बन्धी कार्यक्रमको प्रगति संन्तोषप्रद देखिदैन । यसको मुख्य कारण बालअधिकार संरक्षण सम्बन्धी जनचेतनाको अभाव हुँनु हो । जुन उपयुक्त पाठ्क्रमको निर्माण तथा कार्यन्वयन गर्न नसक्नु हो ।त्यसैले बालअधिकास बिकास संरक्षण सम्र्वधन र प्रर्वधन सम्बन्धी उपयुक्त पाठ्क्रम निर्माण कार्यान्वयन गर्न आजको आवश्यकता हो ।
बालअधिकार तथा बालबिकास चुनौति
नेपालमा बालअधिकार बालबिकासका लागि देखिएका बिद्यमान समस्या लाई निम्ननुसार सुचिरण गर्न सकिन्छ ।
१. बाल अधिकार सम्बन्धी जनचेतनाको अभाव
२. राज्यको उदासिन स्थिती
३. राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाह?को मनोमानी प्रवृती
४. बिद्यालय तथा बिश्वबिद्यालय पाठ्क्रममा उचित ब्यवस्था नहुनु
पाठ्क्रममा समावेश गर्नु पर्ने पक्ष
बिद्यालय तथा बिश्वबिद्यालयका पाठ्क्रममा बालधिकार तथा बालबिकासका लागि निम्न कुरा समावेश गर्नु पर्ने हुन्छ ।
१. बाल गृह शोषणको अन्त्य गर्ने सामाजिक स्तरमा निर्माणमा सहयोग पु¥याउने बिषय बस्तुको समावेश हुनु पर्छ ।
२. बाल बिकासका सर्वाधिकार अधिकार जस्तै खाद्य अधिकार, शिक्षा अभिकार, बिकास अधिकारको स्पष्ट पहिचान, परिचाल तथा प्रयोग सम्बन्धी सिप एव ब्यवहारको बिकास गर्ने पाठ्बस्तुको निर्माण गर्नु पर्छ ।
३. बाल श्रम शोषण लगाएत अन्य बिभेदकारी सामाजिक संरचनाको अन्त्यका लागि राज्यले अंगिकार गर्नु पर्ने नीति नियम तथा कार्यबिधिको ठोस ?प दिन सक्ने पाठ्य बस्तुको ब्यवस्था गर्नु पर्छ ।
४. बाल समुह, बाल संजाल तथा बाल अभियान जस्ता बाल बिकासका आधारभुत पक्षमा अविभावक, सामाजिक परिचालक, शिक्षक, बुद्धिजिबि आदि लाई ताजिकीकरण गर्ने सिप, प्रविधि एंव ब्यवहारको बिकास गर्ने किसिमले पाठ्क्रम निर्माण गर्नु पर्छ ।
निष्कर्ष
आजको बिश्व स्थितिमा नेपाली समाजको सभ्य, सवृद्ध तथा सुरक्षित स्व?प निर्माण का लागि बालअधिकार तथा बाल बिकास एक अपरिहार्य पक्ष हो । बाल अधिकार तथा बाल बिकासका आधरभुत मूल्य मान्यता प्राप्तीका लागि समय र परिस्थिती अनुकुल शैक्षिक कार्यक्रम तथा पाठ्क्रमको निर्माण गर्न आवश्यक छ ।

( धिताल जनता राष्ट्रिय मा.बि. सुनाहाफटा, टिकापुर कैलालीका शिक्षक हुन )

प्रकाशित मितिः     ७ कार्तिक २०७६, बिहीबार १८:१३  |