कर्णालीमा ¥याफ्टिङ्गको सिजन शुरु, नेपालगञ्जबाट कसरी जाने ?


नेपालगञ्ज ९ कात्र्तिक – नेपालको सबैभन्दा लामो नदीको रुपमा रहेको कर्णाली नदीको जलयात्रा (¥याफ्टिङ) अन्य नदीमा हुने जलयात्राको तुलनामा बढी आनन्ददायी र रोमाञ्चक देखिन थालेको छ । यसवर्षको जलयात्रा पनि शुरु भएको छ ।  बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिमी सीमा हुँदै बग्ने कर्णाली नदीको चिसापानीदेखि टीकापुर पार्क र ठाकुरद्वारा (बर्दिया) सम्मको भागसम्म  ¥याफ्टिङ गर्ने जो कोहीले नदी आसपासमा बाघ, हात्तीलगायतका दुर्लभ वन्यजन्तुको अवलोकनसमेत गर्न पाउने हँुदा कर्णालीको जलयात्रा बढी रोमाञ्चक र आनन्ददायी हुन थालको हो । वर्षायाममा कहिलेकहीँ देखिने डल्फिनको अवलोकनका लागि पनि यो नदीको जलयात्रा थप आकर्षणको केन्द्र बन्न सक्ने जलयात्राका सहभागीहरु बताउँछन् ।

तपाई नेपालगञ्जमा हुनुहुन्छ र जलयात्राका लागि कर्णाली जान चाहानुहुन्छ भने कसरी पुग्ने ? सजिलो तरिकाले यदि तपाई प्योकजमा कर्णालीमा जान चाहानुहुन्छ भने सिद्धार्थ रिर्सोट प्रालि कर्णाली सहयोग सावित हुन सक्छ । त्यसैका माध्यमबाट जाने हो भने बस्ने, खाने र जलयात्रा गर्न सहज हुन सक्छ । अहिले उक्त सिद्धार्थ रिर्सोटले प्योकज बनाएको छ । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी अन्र्तगतको सो समूहले आफ्दा देशभरका शाखाबाट उक्त प्याकेजको सुविधा दिइरहेको छ । उक्त रिर्सोटका अप्रेशन म्यानेजर भुवन भटट्ले पयेकजबाट जलयात्रा गर्नेहरुले बढि भन्दा बढि फाईदा लिन सक्ने बताए ।

‘कर्णालीलगायतका नेपालका नदीको जलयात्राप्रति बाह्य र आन्तरिक पर्यटकको अभिरुची बढाउन सकेमा यसले देशको समग्र विकासमा योगदान पुग्ने विश्वास गर्न सकिन्छ । पर्यटकलाई कर्णालीको जलयात्रामा आउन नदीमाथि बनेको एसियाकै नमुना पुल (ह्याङ्गिङ ब्रिज) ले थप मद्दत पु¥याउने देखिन्छ ।

प्रकाशित मितिः     ९ कार्तिक २०७६, शनिबार १०:५२  |