अढाई दशकदेखि क्यान महासंघमा सक्रिय नवराज कुँवरद्धारा अध्यक्ष पदको उम्मेदवारी घोषणा


नेपालगञ्ज १४ कात्र्तिक – कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान)महासंघमा अढाई दशकदेखि निरन्तर सक्रिय नवराज कुँवरले आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । कुँवर क्यान महासंघको बर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष छन् । कुँवर २०५२ साल देखि क्यानमा रहेर निरन्तर काम गर्दैै आएका छन् ।  क्यान महासंघ हुनु अघि ४ पटक केन्द्रिय सदस्य र एक पटक प्रथम उपाध्यक्ष भै सकेका कुंवर क्यान लुम्विनीका संस्थापक अध्यक्ष हुन भने बुटवलमा कम्प्युटर प्रशिक्षणको सूरुवात गराउने सिमित मध्येमा समेत गनिन्छन ।

’२०५२ सालमा क्यान महासंघको सदस्यता लिई केन्द्रीय कार्यसमितिमा अहिलेको अवस्थामा सबैभन्दा पुरानो सदस्य हुं, क्यानमा लामो समय बिभिन्न पदमा रहेर जिम्मेवारी पुर्वक काम गरे, त्यसैलेपनि अहिले साथीहरुले अध्यक्षमा उठन आग्रह गरेकोले उम्मेदवारी दिने निधो गरेको हुं’ कुवरले भने । क्यान महासंघको जिल्ला शाखा विस्तार गर्ने अगुवाई गर्नुका क्यानलाई देशभरी लैजाने अभियान सञ्चालन गरी त्यसको नेतृत्व गर्ने व्यक्ति भएकोले साथै केन्द्र र जिल्लाबीच अधिकारको सवालमा रहेका विभेद अन्त्य गर्न पहल गरिरहेकाले पनि साथीहरुले आफुलाई अध्यक्ष बनाउनेमा कुंवर बिश्वस्त छन ।

“मैले लामो समयदेखि क्यानभित्र विभिन्न भूमिका रहेर काम गरेँ । हिजो क्यान संघ के थियो र अहिलेको क्यान महासंघको आवश्यकता के छ भन्ने सवालमा म जानकार छु । साथीहरुको माग र आवश्कयता बुझेको छु “ कुंवरले भने । “सूचना प्रविधिको विकास, विस्तार प्रवद्र्धनमा क्यानलाई एक अभिभावक र साझा संस्था बनाउनु पर्ने हाम्रो बर्तमान दायित्व हो त्यसका साथै राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा संगठनको प्रभावकारी उपस्थिति बनाउने सरकारी निति, नियम, कानुनका कारण व्यवसायीहरुले आयात निर्यातमा ठूलो समस्या भोगिरहनु भएको छ त्यसको हल गर्न म प्रतिवद्ध छु“ कुवरले भने ।

प्रकाशित मितिः     १४ कार्तिक २०७६, बिहीबार ०७:५९  |