भारतीय दूतावासले मानसरोवरको ‘सिजन’ मा नपुगेको औषधी हुम्ला पठायो


नेपालगञ्ज १५ कात्र्तिक – नेपालगञ्ज–हिल्सा नाका हुँदै मानसरोवरको दर्शन गर्न जाने भारतीय नागरिकको स्वास्थ्य संवेदनलिशतालाई ख्याल गर्दै नेपालस्थित भारतीय दूतावासले यसपटकको सिजनमा ४२ कार्टुन औषधी हुम्ला सदरमुकाम सिमिकोट पठाएको छ । २५ कार्टुन औषधी तिर्थयात्री भएका बेला सिजनमै सिमिकोट पुगे पनि बाँकी १७ कार्टुन भने सिजन सकिएपछि त्यहाँ पुगेको हो । शुक्रवार सेनाको हेलिकप्टरबाट राजदुत मन्जिव सिंह पुरी औषधी सहित हिम्ला उडे ।

कार्टुटनमा अक्सिजन सिलिण्डरदेखि अन्य औषधीहरु छन् । मे महिनादेखि सेप्टेम्बरसम्म मानसरोवारको सिजन शुरु हुन्छ । चिनको तिव्वतमा रहेको कैलाश दर्शनका लागि भारतीय संयौ तिर्थयात्री नेपालगञ्ज–हिल्सा हुँदै त्यहाँ पुग्छन् । नेपालगञ्जसंग सडक यातायातबाट आउने तिर्थयात्रीहरु सिमिकोटसम्म हवाईजहाजबाट र त्यसपछि हिल्सासम्म हेलिकप्टरबाट कैलाश पुग्ने गरेका छन् । हाईअल्चिच्यूड लगायतका कारण तिर्थयात्रीहरुमा स्वास्थ्य समस्या देखिन्छ ।

तिर्थयात्रीको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै भारतीय दुतावासले औषधी पठाएको नेपाल भारत मैत्री संघ बाँकेका उपाध्यक्ष समेत रहेका सुशिल कुमार गुप्ताले बताए । उनका अनुसार दुतावासले तिर्थयात्रीको व्यवस्थाप सहजिकरण गर्ने जिम्मा समेत उनलै पाएका छन् । ‘४२ कार्टुन औषधी मध्ये बचेको औषधी शुक्रवार पठाईएको छ ।’– गुप्ताले भने ।

तातोपानी र केरुगं नाका भन्दा पनि नेपालगञ्ज हिल्सा नाकालाई भारतले प्राथमिकता दिएको छ । राजदुत मन्जिव सिंह पुरीले खर्चिलो भएपनि मानसरोवारका लागि नेपालगञ्ज रुट सहज भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य संघका महासचिव अजय टण्डनले राजदुतले भारतीय तिर्थयात्रीका लागि सिमिकोटमा स्वास्थ्य केन्द्र स्थापनाको योजना बनाएको छ ।

प्रकाशित मितिः     १५ कार्तिक २०७६, शुक्रबार १२:०८  |