मानसरोवर तिर्थयात्रीका लागि हुम्ला अस्पताललाई भारतद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण


तस्वीर – भारतीय दूतावसको फेसबुकपेजबाट

नेपालगञ्ज १५ कात्र्तिक – नेपालगञ्ज–हिल्सा नाका हुँदै मानसरोवरको दर्शन गर्न जाने तिर्थयात्रीको स्वास्थ्य उपचारका लागि नेपालस्थित भारतीय दूतावासले जिल्ला अस्पताल हुम्लालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई आज शुक्रवार एक कार्यक्रमको आयोजना गरी भारतीय राजदूत मञ्जिव सिंह पुरीले रु ४० लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमका लागि उपप्रधानमन्त्री यादव र राजदूत पुरी नेपालगञ्ज हुँदै हुम्ला पुगेका थिए । भारतीय दूतावसले यसपटकको सिजनमा ४२ कार्टुन औषधी हुम्ला सदरमुकाम सिमिकोट पठाएको छ । २५ कार्टुन औषधी तिर्थयात्री भएका बेला सिजनमै सिमिकोट पुगे पनि बाँकी १७ कार्टुन भने सिजन सकिएपछि त्यहाँ पुगेको हो ।

कार्टुटनमा अक्सिजन सिलिण्डरदेखि अन्य औषधीहरु छन् । मे महिनादेखि सेप्टेम्बरसम्म मानसरोवारको सिजन शुरु हुन्छ । चिनको तिव्वतमा रहेको कैलाश दर्शनका लागि भारतीय संयौ तिर्थयात्री नेपालगञ्ज–हिल्सा हुँदै त्यहाँ पुग्छन् । नेपालगञ्जसंग सडक यातायातबाट आउने तिर्थयात्रीहरु सिमिकोटसम्म हवाईजहाजबाट र त्यसपछि हिल्सासम्म हेलिकप्टरबाट कैलाश पुग्ने गरेका छन् । हाईअल्चिच्यूड लगायतका कारण तिर्थयात्रीहरुमा स्वास्थ्य समस्या देखिन्छ ।

तिर्थयात्रीको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै भारतीय दुतावासले औषधी पठाएको नेपाल भारत मैत्री संघ बाँकेका उपाध्यक्ष समेत रहेका सुनिल गुप्ताले बताए । उनका अनुसार दुतावासले तिर्थयात्रीको व्यवस्थाप सहजिकरण गर्ने जिम्मा समेत उनलै पाएका छन् । ‘४२ कार्टुन औषधी मध्ये बचेको औषधी शुक्रवार पठाईएको छ ।’– गुप्ताले भने ।

https://nepalgunjbusiness.com/2019/11/12561/

प्रकाशित मितिः     १५ कार्तिक २०७६, शुक्रबार १७:०४  |