मुगुको कार्मारोङ्गमा होमस्टे !


कर्णाली प्रदेशको मुगु जिल्ला भौगोलिकरुपमा विकट छ । तर त्यहाँको सामाजिक, सांस्कृतिक र प्राकृतिक शुन्दरताले विकट ठाउँको दुःखलाई भुलाउँछ । स्थानीय आफ्नो ठाउँमा भएको यस्ता सम्पदालाई पर्यटन प्रर्बधनसंग जोड्दै छन् । कार्मारोङ्गगाउँपालिका वडा नं. ८ मांग्रीमा होमस्टेको तयारी भइरहेको छ ।

लामा संस्कृतिका बारेमा जान्न चाहानेका लागि कार्मारोङ्ग होमस्टे आर्कषणको केन्द्र बन्न सक्छ । होमस्टे एशोसिएशन प्रदेश ५ का सचिव कृष्ण चौधरी होमस्टे सन्चालन कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिन कार्मारोङ्ग पुगेका छन् । बाँकेको गाभरलाई होमस्टे मार्फत सफल पर्यटन गन्त्व्य बनाउन सकेका चौधरी हवाई, सडक र दुईदिनसम्मको पैदल यात्रा गरेर त्यहाँ पुगे । उनी भन्दै थिए,–‘दिनभर जति हिडे पनि जब कार्मारोङ्ग होमस्टे पुगिन्छ तब त्यहाँको वातावारणले दिनभरको थकाई बिर्साउँछ ।’ करानी सामुदायिक विकास केन्द्रको सहयोगमा ५ दिने होमस्टे सन्चालन सम्बन्धी तालिम सन्चालन भइरहेको छ । स्थानीय तीन दर्जन घरमा होमस्टे सन्चालनको तयारी भइरहेको छ ।

प्रकाशित मितिः     १६ कार्तिक २०७६, शनिबार ११:३८  |