काठमान्डौ कार्तिक १६ । नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गरेर सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले नेपालको प्रमुख पर्यटकिय गन्तब्यको रुपमा रहेको चितबनको सौराहमा पनि सेवा सुरु गरेको छ । सिद्धार्थ गु्रपले सौराहमा संचालनमा रहेको सेन्टर पार्क रिसोटसंग ब्यबसायिक साझेदारी गरी सेवा सुरु गरेको हो । करिब २ बिद्या क्षेत्रफलमा रहेको रिसोटमा ४७ वटा सुबिधा सम्पन्न कोठाहरु , स्वीमिङ पुल , गार्डेन, सेमिनारका लागि २ वटा हलहरु रहेका छन ।
रिसोटले पर्यटहकहरुका लागि जंगल सफारी, सांगेतिक कार्यक्रमहरु मार्फत सेवा मनोरन्जल लगायतका सेवाहरु प्रदान गर्ने सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीका कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए । सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटेल सहित चितबनको चुम्लिङटार, सुर्खेत र कर्णाली चिसापानीमा रिसोटहरु संचालन गर्दै आएको छ ।
सिद्धार्थ गु्रपको महेन्द्रनगर , टीकापुर , नेपालगन्ज, बुटबल र काठमान्डौमा सुबिधा सम्पन्न होटेल , रेष्टुरेन्ट , क्याफे गरी २३ वटा आउटलेटहरु संचालनमा छन । होटेल, रिसोट, रेष्टुरेन्ट मार्फत हस्पिटालिटी ब्यबसाय संचालन गर्दै आएको सिद्धार्थ गु्रपले भैरहवामा ठुलो लगानीमा पाच तारे होटेल निर्माण गर्दै छ । सिद्धार्थ गु्रपले हस्पिटालिटी ब्यबसायलाई देशैभर बिस्तार गर्ने तयारी गरि रहेको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।