नेकपाका अध्यक्ष प्रचण्ड र महासचिव पौडेल बाँके आउँदै, कार्यकर्तामा उत्साह


नेपालगञ्ज १७ कात्र्तिक -पार्टी एकता पछि पहिलो पटक नेकपाका अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेल नेपालगञ्ज आउँदै छन् । चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि हुन अध्यक्ष र महासचिव कात्र्तिक १९ गते अर्थात पर्सि नेकपा पार्टी कार्यालय नेपालगञ्जमा आउन लागेका हुन ।

पार्टी एकता पछि पहिलो पटक अध्यक्ष र महासचिव आउने भए पछि नेकपा बाँकेका पार्टी कार्यकर्तामा उत्साह छाएको छ । यतिबेला पर्सि हुने कार्यक्रमलाई भब्य बनाउन नेता कार्यकर्ताहरु खटिएका छन् । पार्टी कार्यालयमा सरसफाई र रंगरोगन गरिएको छ ।

नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले पहिलो पटक अध्यक्ष र महासचिव आउन लागेकाले उक्त कार्यक्रम बिशेष हुने बताए । कार्यकर्तामा उत्साह छाएको अध्यक्ष खरेलले जनाए । उक्त कार्यक्रमले कार्यकर्तालाई भावनात्मकरुपमा एक मनाउन अझ सहयोग पुग्ने बिश्वास गरिएको छ ।

प्रकाशित मितिः     १७ कार्तिक २०७६, आईतवार १४:५९  |