बाँकेमा पर्यटन प्रर्वद्धन समिति गठन, भ्रमण वर्षको तयारी शुरु भयो–संयोजक श्रीवास्तव


बाँके १७ कात्र्तिक – भ्रमण वर्ष २०२० लाई सफल बनाउन बाँके जिल्लास्तरिय समिति गठन गरिएको छ । जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा आईतवार जिल्लास्तरिय पर्यटन प्रर्बधन समिति गठन गरिएको हो ।

पर्यटन प्रर्बधन समितिको सदस्यमा सरोकारवाला निकायका अगुवा सदस्य छन् । भ्रमण वर्षका लागि केन्द्र र प्रदेशमा पर्यटन मन्त्रीको संयोजकत्व र जिल्लामा जिसस संयोजकको संयोजकत्वमा समिति गठन गर्ने प्रावधान अनुसार बाँकेमा पर्यटन प्रर्बधन समिति गठन गरिएको हो ।

उक्त समितिले बाँके जिल्लाको प्रमुख र सहायक पर्यटकिय गन्तव्यको पहिचान गर्नेदेखि प्रर्बद्धनात्मक कार्यक्रम आयोजना गर्ने छ । समितिका संयोजक श्रीवास्तवले बाँकेमा औपचारिकरुपमा भ्रमण वर्षको कार्यक्रम शुरु भएको जानकारी दिए । उनले केही दिनमै बैठक बसेर आगामी योजना तयार गर्ने बताए ।

प्रकाशित मितिः     १७ कार्तिक २०७६, आईतवार १७:५७  |