प्रदेश प्रमुख नियुक्तीमा सरकारले कर्णालीको चित्त दुखायो


सुर्खेत – प्रदेश प्रमुख नियुक्तीमा सरकारले कर्णाली प्रदेशको चित्त दुखाएको छ । सामाजिक सञ्जालमा तिव्र आक्रोस पोख्दै कर्णालीवासीले ‘कर्णालीमा योग्य मान्छे देखेनौ सरकार ?’ भन्दै प्रश्न तेर्साइएको छ । यसरी सरकारको आलोचनामा गर्ने गैर नेकपा मात्र होइन स्वंय नेकपाका नेता कार्यकर्ता पनि छन् ।

नेकपाका केन्द्रीय सदस्य जो दैलेखका हुन, बिष्णु रिजालले त सामाजिक सन्जालमै कर्णाली प्रदेशका सर्वसाधारणको आक्रोस र चित्त दुखाई प्रकट गरेका छन् । उनले फेसबुकमा लेखेका छन्,– सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुटाएकोमा आश्चर्य लागेको छ । अन्तका मेयर हारेकाको योग्यता पुग्दोरहेछ । तर, कर्णालीकालाई योग्यता पुग्न केके चाहिने रहेछ ?

उनी मात्र होइन चियापसल देखि सामाजिक सन्जालसम्म सरकारको निर्णयको तिव्र बिरोध गरिएको छ । पत्रकार ललित बसेलले त कर्णालीमा अरुथोक आयात त हुन्थ्यो हुन्थ्यो प्रदेश प्रमुख पनि आयात हुन थालेको भन्दै सरकारको निर्णयप्रति ब्यांग्य गरेका छन् ।

 

प्रकाशित मितिः     १८ कार्तिक २०७६, सोमबार १९:३२  |