कार्मारोङ्ग होमस्टेमा पर्यटकलाई स्वागत छ !


नेपालगञ्ज १९ कात्र्तिक – कर्णाली प्रदेशको मुगु जिल्लाको कार्मारोङ्ग गाउँपालिका वडा नं. ८ मांग्रीमा होमस्टे सन्चालनसंगै बिदेशी पर्यटक भित्रिन थालेका छन् । लामा संस्कृतिका बारेमा जान्न चाहानेका लागि कार्मारोङ्ग होमस्टे आर्कषणको केन्द्र बन्न सक्छ । होमस्टे एशोसिएशन प्रदेश ५ का सचिव कृष्ण चौधरीका अनुसार, होमस्टे सन्चालन लगत्तै बिदेशी पर्यटक भित्रिएका छन् । स्थानीयले पर्यटकलाई भब्य स्वागत गरे । चौधरी होमस्टे सन्चालनका बिषयमा तालिम दिन त्यहाँ पुगेका छन् । करानी सामुदायिक विकास केन्द्रको सहयोगमा ५ दिने होमस्टे सन्चालन सम्बन्धी तालिम सन्चालन भयो । स्थानीय तीन दर्जन घरमा होमस्टे सन्चालन भएको छ ।

प्रकाशित मितिः     १९ कार्तिक २०७६, मंगलवार ०७:३४  |