महिलाले बनाए आर्कषक झोला


नेपालगञ्ज २० कात्र्तिक – नेपालगञ्ज डिएसपीरोडस्थित करुण झोला उद्योगमा आर्कषक र गुणस्तरीय झोला उत्पादन हुने गरेका छन् । महिलाले हातबाट बनाएका स्कुल र झोलाले सेवाग्राहीको मन जितेको उद्योग सन्चालन गर्ने संस्था सामुदायिक सशक्तिकरण तथा रुपान्तरण नेपाल (कमिट) का अध्यक्ष प्रकाश नेपाली बताउँछन् ।

दुई वर्षदेखि उक्त उद्योगले झोला उत्पादन गरिरहेको हो । शुरुमा महिलालाई तालिम दिने प्रयोजनका लागि उद्योग खोलेको भए पनि पछिल्लो समय व्यवसायीकरुपममै झोलाको विक्री बितरण भइरहेको छ । तर प्रतिस्पिर्धी बजारमा उनीहरुलाई टिक्न धौधौ परेको छ ।

उद्योग सन्चालक सुशिला नेपालीका अनुसार, रु ३ सयदेखि ७ सयसम्मका आर्कषक स्कुल तथा ल्यापट झोला बिक्री भइरहेका छन् । उनले बजारमा पाइने भन्दा गुणस्तरका हिसावले आर्कषक झोला दिने गरेको बताईन ।

प्रकाशित मितिः     २० कार्तिक २०७६, बुधबार १३:१०  |