नेपालगञ्ज २१ कात्र्तिक -नेपालगञ्ज उपमहागरपालिकाले सन्चालन गरेको बसको एक महिनाको आम्दानी रु ९ लाख ११ हजार ३ सय ६० रुपैया भएको छ । सोही अवधिमा खर्च भने आम्दानी भन्दा थोरै बढि अर्थात रु ९ लाख १४ हजार ३ सय ६२ भएको छ ।
उपमहानगरपालिकाले असोज १५ गतेदेखि सातवटा नगरबस सन्चालन गरेको थियो । असोज १५ गतेदेखि कात्र्तिक १७ गतेसम्मको आम्दानी र खर्च बराबर भएको हो । सन्चालनको पहिलो महिनामा धेरै व्यवस्थापनका काम गर्नुपर्ने भएकाले आम्दानी खर्च बराबर भएको मानिएको छ । तर शुरुवात जस्तै आगामी दिनमा बस सन्चालनबाट ठुलै फड्को मार्ने गरी नाफा नहुनेमा उपमहानगरपालिका जनप्रतिनिधि र कर्मचारी निश्चित छन् ।
एक महिनाको महिलामा रु ५ लाख ४७ हजार त इन्धनमै खर्च भएको छ । झण्डै अढाई लाख त चालक र परिचालकको तलवमा खर्च भएको छ । यात्रु बिमा, ट्रिप शुल्क,गाडी मर्मत र प्रशासनिक खर्च भएको छ । एक महिनाको अवधिमा सातवटा बसले दैनिक न्यूनतम २१ हजार र अधिकतम ७५ हजारसम्म आम्दानी गरेको सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले बताए ।
निजीक्षेत्रले सम्हाल्दै आएको बस सेवा सन्चालन उपमहानगरपालिकाले सन्चालन गर्नु आफैमा चुनौतीपूर्ण थियो । अहिले जनप्रतिनिधि र कर्मचारीले समेत त्यही महसुस गरेका छन् । सम्भवत अब चाँडै नगरबस ठेक्का प्रणालीबाट सन्चालन गरिने छ । उक्त सम्बन्धमा जनप्रतिनिधिबीच छलफल भएको छ ।