कर्णाली प्रदेश उद्योग मन्त्रालयसंग औद्योगिक मेला सफल बनाउन छलफल


सुर्खेत – घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजनामा आगामी मंसिर १८ देखि २४ गतेसम्म सुर्खेतको बिरेन्द्रनगरमा आयोजना हुने प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव–२०७६ लाई सफल बनाउने बिषयमा आज बिहिवार बिरेन्द्रनगरमा छलफल भएको छ ।

कर्णाली प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयमा मन्त्री नन्दसिंह बुढा, सचिव डा. कृष्ण आचार्यसंग भएको थियो । छलफलमा मन्त्री बुढाले प्रदेश सरकारका तर्फबाट सहयोग हुने प्रतिवबद्धता जनाएका छन् । उनले मेलाले कर्णालीको उत्पादनलाई चिनाउन सहयोग पुग्ने बताए । छलफल सकारात्मक भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले जानकारी दिए । कर्णाली प्रदेशमा हुने उत्पादनको ब्राण्डिङ्ग हुने गरी आयोजना गनृ लागेको महोत्सवमा रु ५ करोड बढिको कारोवार हुने अपेक्षा गरिएको छ ।

https://nepalgunjbusiness.com/2019/10/12333/?fbclid=IwAR2iYLJVMebehZYrCaOZcCFcLI94nJIKHjJQ3x9BEQtfl_H2CNqYb1omro8

प्रकाशित मितिः     २१ कार्तिक २०७६, बिहीबार १८:३१  |