काठमाडौँ । बीमा समितिले लघु बीमालाई प्रोत्साहन गर्न पाइलट प्रोजेक्टको रुपमा घुम्ती बीमा कार्यक्रम संचालन गर्ने भएको छ । शाखा रहित बैंकिङ सेवा जस्तै घरदैलोमा पुगेर सेवा दिन पाइलट प्रोजेक्ट सुरु गर्न लागिएको बीमा समितिले जनाएको छ ।
साना छरिएर रहेको पूँजीलाई एकिकृत गर्न र तल्लो स्तरका किसानको जीवन स्तर उकास्न प्रोजेक्ट उपयोगी हुने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘घुम्ती बीमा कार्यक्रम अन्र्तगत हामीले अन द स्पोट बीमालेख बेच्ने व्यवस्था मिलाएका छौँ ।’ उनले भने ‘शनिबार क्षेत्र नं.२ को जनकपुरबाट कार्यक्रम सुरुवात गरिने छ ।
आगामी दिनमा मुलुकका सबै प्रदेशमा यस्ता कार्यक्रम लैजान तयारी छ ।’ घुम्ती बीमा कार्यक्रममा लागि सबै जीवन तथा निर्जीवन बीमा कम्पनीलाई तयार रहन समl=तिले निर्देशन दिएको छ । घुम्ती कार्यक्रमबाट बिमितले सानो सानो उत्पादनको बीमा गर्न पाउँछन् । बीमा गर्न टाढा जानु परेन । विना कुनै झण्झट आफ्ना उत्पादनको बीमा गर्न सकिने समितिले जनाएको छ ।
तराई क्षेत्रमा प्राय फुसको घर हुनेगर्छ । त्यस्ता घरको बीमा गरिदिए उनीहरुले क्षतिपुर्ति पाउन सक्ने अवस्था हुन्छ । लघु बीमा जीवन र निर्जीवन दुबैमा गर्न पाउने व्यवस्था रहेको कार्यकारी निर्देशक पौडेलले बताए । के हो लघु बीमा ? लघुबीमा भन्नाले त्यस्तो बीमालाई जनांउछ जसले न्यून आय भएका ब्यक्तिहरुलाई लक्षित गरी अन्य बीमा व्यवसायजस्तै सेवा प्रदान गर्दछ ।
लघु बीमा निर्देशीका २०७१(परिमार्जित २०७५÷०४÷२४) मा म्यादी लघु जीवन बीमा, सावधिक लघुजीवन बीमा, आजीवन लघु जीवन बीमा, लघुउद्यम जीवन बीमा, समितिले तोकिदिए बमोजिमको अन्य लघुजीवन बीमा लगातका जीवन बीमा गर्न पाउने व्यवस्था छ । त्यस्तै, लघु निर्जीवन बीमा व्यवसायतर्फ गार्हस्थ लघुबीमा, स्वास्थ्य लघुबीमा, दुर्घटना लघुबीमा, पशु तथा पन्छी लघुबीमाबाली लघुबीमा, लघु उद्यम बीमा र समितिले तोकिदिए बमोजिमको अन्य लघु निर्जीवन बीमालगायतका बीमाहरु गर्न पाइने व्यवस्था छ ।
त्यस्तै, बीमकको सञ्चालक, कर्मचारी तथा लघुबीमा सम्बन्धी कार्य गर्ने लघुबीमा अभिकर्ताले लघुबीमालेख लिनेको हकहित विरुद्ध कुनै काम गरी नोक्सानी पु¥याएमा त्यसको जिम्मेवारी बीमकले लिनु पर्ने कानुनी व्यवस्था छ ।